मौसम

देशभर कस्तो रहला आजको मौसम ?

नवलपुर टुडे
२०८२ पुस १५ | बिहान ०६:०९ बजे
 

काठमाडौँ । हाल तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ। देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

देशका तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावले बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । आज राति तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ । बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 

 

कमेन्टहरु