नेकपा एमालेका सचिव योगेश भट्टराईलाई मातृशोक, ओलीले संवेदना प्रकट गरे

जगत ठाडा मगर
२०७८ साउन २४ | मध्यान्ह ०१:०४ बजे

काठमाडौं । नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईलाई मातृशोक परेको छ ।
भट्टराईकी आमा महेन्द्रादेवी भट्टराईको साउन २३ गते ९५ वर्षको उमेरमा निधन भएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले भट्टराईको निधनले पार्टीलाई अत्यन्तै दुखित बनाएको बताएका छन् ।
आइतबार एक शोक वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले यस दुखद् घडीमा दिवंगत आमाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकमग्न योगेश भट्टराई लगायत सम्पुर्ण परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।






















