नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने

रासस
२०८२ पुस १४ | मध्यान्ह ०२:०९ बजे

काठमाडौँ, पुस १४।नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले यसअघि सांसद र मन्त्री भइसकेका नेतालाई प्रतिनिधिसभाको समानुपातिक सूचीमा नराख्ने निर्णय गरेको छ ।पार्टीका शीर्ष नेतृत्वबीचको सहमतिअनुसार यसअघि प्रतिनिधिसभामा प्रत्यक्ष वा समानुपातिकबाट सांसद भएका र राष्ट्रियसभा सदस्य भइसकेकालाई समानुपातिकको सूचीमा समावेश नगरिने सो पार्टीका मुख्यसचिव गणेशमान पुनले राससलाई जानकारी दिनुभयो ।


















