वर्तमान अवस्थामा निर्वाचन नै उत्तम विकल्प होः संयोजक दाहाल

रासस
२०८२ पुस १४ | मध्यान्ह १२:०९ बजे

काठमाडौँ, पुस १४। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामुदायिक क्याम्पसहरूको शिक्षाको गुणस्तर सुधार अनिवार्य भएको बताउनुभएको छ । वानेश्वर बहुमुखी क्याम्पसमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शिक्षा, स्वास्थ्य र रोजगारी राज्यको दायित्वभित्र पर्ने भएकाले त्यस क्षेत्रको सुधार अपरिहार्य भएको बताउनुभयो ।
संयोजक प्रचण्डले सचेत र जिम्मेवार रूपमा आन्दोलित भएकामा युवालाई धन्यवाद दिँदै अब देशलाई शान्तिपूर्ण, लोकतान्त्रिक तरिकाले निकास दिनुपर्ने आवश्यकता रहेको धारणा राख्नुभयो । युवालाई आग्रह गर्दै उहाँले भन्नुभयो “अब शान्तिपूर्ण र लोकतान्त्रिक प्रक्रियामार्फत देशलाई निकास दिऔँ ।”


















