आज यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

नवलपुर टुडे
२०८२ पुस १४ | बिहान ०६:०९ बजे

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ। आज देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ।
आज कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । देशका तराई भू-भागमा हुस्सु र कुहिरोको प्रभावले बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्ने देखिएको छ ।


















