राजनीति

नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकको बन्दसूची आज बुझाउने

नवलपुर टुडे
२०८२ पुस १४ | बिहान ०६:०९ बजे

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची आज बुझाउने तयारी गरेको छ । जिल्लाबाट आएका उमेदवारको सिफारिसलाई प्रदेशले निर्णय गरेर केन्द्रमा पठाएको नेता देव गुरुङले जानकारी दिए । उनले बाह्रखरीसित भने, “प्रदेशबाट आइसकेको छ । अब हामी त्यसैलाई जोडेर सोमबार आयोगमा बुझाउँछौँ ।”

नेकपाले एउटा जिल्लाबाट एकजना महिला अनिवार्य हुने गरी सूची पठाउन सर्कुलर जारी गरेको थियो । समानुपातिक तर्फ ११० जनाका लागि आकांक्षी धेरै भएकाले नयाँलाई अथवा मौका नपाएका उमेदवारलाई यस पटक समेट्ने नेता गुरुङले बताए । यसैबीच, वाग्मती प्रदेशको समानुपातिक बन्दसूची संकलन कार्यमा लागेका इन्चार्ज गंगालाल तुलाधरले झण्डै सबै सूची आइसकेकाले सोमबार फर्स्ट  आवरमा आयोग पुगेर सूची बुझाउने तयारी रहेको बताए ।

उनले बाह्रखरीसित भने, “हामीले वाग्मतीको जिम्मा लिएका छौँ । सबै जिल्लाको जिम्मा लिने साथीहरूले पनि काम गरिरहनुभएको छ । सबे आजै बेलुका नत्र सोमबार बिहान फरस्ट आवरमा हामी सूची बुझाउने तयारीमा छौँ ।” तुलाधरका अनुसार वाग्मतीमा १९८ जनाले समानुपातिक उमेदवारका लागि आवेदन दर्ता गराएका छन् ।
 

कमेन्टहरु