नेकपा (एमाले)ले आज निर्वाचन आयोगमा बन्दसूची बुझाउँदै

नवलपुर टुडे
२०८२ पुस १४ | बिहान ०६:०९ बजे

काठमाडौं । नेकपा (एमाले)ले समानुपातिकतर्फको बन्दसूची आज निर्वाचन आयोगमा बुझाउने भएको छ । आइतबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको बन्दसूचीलाई सुझावसहित पारित गर्दै आज निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको थियो ।
एमाले उपमहासचिव लेखराज भट्टले विभिन्न जिल्ला हुँदै प्रदेशबाट सिफारिस भएका आधारमा बन्दसूची तयार पारिएको जानकारी दिएका छन् । भट्टका अनुसार बन्दसूचीमा अध्यक्ष ओलीले आवश्यक ठानेमा करेक्सन गरेर निर्वाचन आयोगमा दर्ता गर्न पठाउने बैठकले निर्णय गरेको थियो ।


















