भियतनाममा यात्रुबाहक बस दुर्घटना, कम्तीमा ७ जनाको मृत्यु

रासस
२०८२ पुस १२ | मध्यान्ह ०१:०९ बजे

हनोई,पुस १२। भियतनामको उत्तरी पहाडी प्रान्त लाओ काइमा शनिबार बिहान यात्रुबाहक बस पल्टिँदा कम्तीमा सात जनाको मृत्यु भएको छ भने अन्य धेरै जना घाइते भएका छन्। भियतनाम समाचार एजेन्सीले जनाएअनुसार दुर्घटनाको समयमा बसमा १९ जना यात्रु सवार थिए।प्रारम्भिक रिपोर्ट अनुसार उद्धार टोलीले बसभित्रबाट १० जना यात्रुलाई सुरक्षित बाहिर निकाल्न सफल भएका छन्, तर केही जना अझै बसभित्र फँसेका छन्। उद्धार कार्य जारी छ र स्थानीय अधिकारीहरूले बचेका यात्रुहरूको सुरक्षामा ध्यान दिइरहेका छन्।
यो दुर्घटना उत्तरी भियतनामको दुर्गम पहाडी क्षेत्रमा सडक यातायातको चुनौती र सुरक्षा जोखिमलाई पुनः उजागर गरेको छ।


















