देश

दोश्रो चरणको एस्ट्राजेनेका खोप लगाउन काठमाडौंमा १४४ केन्द्र तोकियो

जगत ठाडा मगर
२०७८ साउन २४ | मध्यान्ह १२:०४ बजे

काठमाडौं । कोभिड-१९ विरुद्धको कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुलाई सोमबार (जेठ २५ गते) देखि दोस्रो मात्रा दिइने भएको छ ।

photo 2021 08 08 12 12 27

एस्ट्राजेनेका खोप लगाउनका लागि काठमाडौंमा १४४ केन्द्र तोकिएको छ । स्वास्थ्य कार्यालय काठमाडौंले यसअघि भेरोसेल खोपको दोस्रो मात्रा लगाउँदा कायम रहेका खोप केन्द्रहरुमा नै एस्ट्राजेनेका खोप लगाइने बताएको छ ।

स्वास्थ्य मन्त्रालयको अनलाइन प्रणालीमा विवरण इन्ट्री गराएकाहरुलाई खोप प्रदान गरिने र यदि अन्यथा भएमा खोप प्रदान गर्ने संस्थाका प्रमुख, कोअर्डिनेटर, स्वयंसेवक र संलग्न अन्य कर्मचारीहरुलाई कानुनबमोजिम कारबाही गर्ने स्वास्थ्य कार्यालयले चेतावनी दिएको छ ।

कमेन्टहरु