स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

रासस
२०८२ पुस १२ | मध्यान्ह १२:०९ बजे

काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपाल र गोङ्गबु आवास क्षेत्रको आयोजनामा आजदेखि गोङ्गबु टाउन प्लानिङमा मेला आयोजना भएको हो ।
रैथाने एग्री प्रडक्टका अभियन्ता कृष्ण स्याङ्ताङले मेलामा नेपालमा उत्पादित मह, सिस्नो, चामल, गेडागुडी, कपडा, सातु, सुन्तलालाई प्रदर्शनी तथा व्यापारका लागि राखिएको बताए । मेलामा ५५ जिल्लाका उत्पादन राखिएका छन् । उपभोक्ताले ती उत्पादन खरिद गर्नसक्ने छन् ।


















