तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद ज्योतिनगर इकाई समितिद्रारा तमु ल्होसार पर्व २०८२ शुभकामना आदानप्रदान


मनु गुरुङ
बुटवल । बुटवल उपमहानगरपालिका- ३ मा रहेको तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद ज्योतिनगर इकाई समितिद्रारा तमु ल्होसार पर्व २०८२ शुभकामना आदानप्रदान सास्कृतिक तथा सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
पुर्ण बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बुटवल उपमहानगरपालिका नगर प्रमुख खेलराज पान्डेले गुरुङ समुदाय सस्कार सांस्कृतिक र भाषिक रुपमा समृद्ध रहेको बताउँदै यसलाई संरक्षण र प्रवर्द्वन गर्न जरुरी रहेको र बुटवल उपमहानगरले गुरुङ भाषालाई पनि नागरिक वडापत्रमा राख्ने खेलराज पान्डेले बताउनुभयो ।
पानसमा बत्ती बाली ज्योतिनगर इकाई भवन निर्माणको क्रममा आर्थिक तथा भौतिक सहयोग दाताहरु श्री बुद्धि बहादुर गुरुङ, श्रीमती जुनु गुरुङ, श्री चेत बहादुर गुरुङ सर्वोत्कृष्ट आर्थिक सहयोग श्री कृष्ण बहादुर गुरुङ, श्रीमती कुसमाया गुरुङ, आजिवन अन्नदाता श्री डिल बहादुर गुरुङ, श्रीमती हरिमाया गुरुङ, कार्यालय व्यवस्थापन तथा सस्थांलाई सस्थागत गर्नको लागी बिशेष योगदान पुर्याउने श्री चिन बहादुर गुरुङ श्रीमती तुलसीमाया गुरुङ लगायतको फोटो अनावरण गरी उदघाटन गरेका थिए ।
बिशिष्ट अतिथि चिन बहादुर गुरुङले हाम्रो संस्कार संस्कृतिलाई हामी आफै जगेर्ना गर्नुपर्छ र अन्तर्जातीय बैवाहिक गरेकोमा लिखीतम जरिवाना भरपाई सम्बन्धि प्रस्ट्याए । अन्तर्जातिय बैवाहिकमा पकाए पैंको किबा गरि मासको दाल र कोदोको ढिडो बनाएर लामा गुरुहरु राखेर बिधीवत आफ्नो कुलमा ल्याउने कार्यक्रम गरि सबैलाई सम्मान गरेको छ । बिशिष्ट अतिथि तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद जिल्लाका अध्यक्ष राम बहादुर गुरुङ, बदेल पोखरी इकाइका अध्यक्ष झल बहादुर गुरुङ लगायतले आफ्नो भनाई राखेका थिए ।
कार्यक्रममा सम्पुर्ण इकाइका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । शुभकामना मन्तव्य तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद ज्योतिनगर इकाइ समितिका निबर्तमान सचिब सल्लाहकार मोहन गुरुङले गरेका थिए । कार्यक्रममा सास्कृतिक कार्यक्रम नृत्य प्रतिस्पर्धा प्रतियोगितामा कार्यक्रम रहेको थियो । सो कार्यक्रममा नृत्य संघ जिल्ला अध्यक्ष सुन्दर गुरुङ र रुपन्देही GFAAN का अध्यक्ष धन बहादुर गुरुङ निर्णायक मन्डलमा बसेका थिए ।
प्रतिस्पर्धामा आमा समुह (ख)प्रथम र आमा समुह (क )द्वितीय भएका थिए । प्रतिस्पर्धाीहरुलाई नगदसहित सम्मान पत्रद्वारा सम्मान गरेको थियो । कार्यक्रम सञ्चालन इन्द्र गुरुङले गरेका थिए । कार्यक्रममा कलाकार सिला गुरुङ, निनल गुरुङले सांगीतिक प्रस्तुति दिएर सबैलाई नचाएका थिए।
























