सरस्वती मा.वि. इनरुवा-९, बबियाका प्रधानाध्यापक पदमा श्री उमेश प्रसाद यादव नियुक्त

सुनसरी । सुनसरी जिल्ला इनरुवा-९, बबियाका स्थित सरस्वती मा.वि. को प्रधानाध्यापकमा उमेश प्रसाद यादव नियुक्त हुनुभएको छ । बुधबार इनरुवा नगरपालिकाद्वारा लिइएको सामुदायिक विद्यालयको प्रधानाध्यापक छनोट सम्बन्धी परीक्षामा सहायक प्रधानाध्यापक श्री उमेश प्रसाद यादवलाई प्रधानाध्यापक नियुक्त गर्ने निर्णय गरेको हो ।
मिति २०८२ पौष ८ गतेका दिन विद्यालयमा बधाई तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ। साथै नवनियुक्त प्रधानाध्यापक उमेश प्रसाद यादवलाई खादा,माला, टिका,अबिर लगाई बधाई तथा शुभकामना दिनुभयो । मावि शिक्षकको रुपमा रहनुभएका यादवलार्ई प्रधानाध्यापक नियुक्त गरिएको इनरुवा नगरपालिका जानकारी दिनुभयोे ।
अंग्रेजी विषयको मावि तहको शिक्षकको रुपमा ३० वर्षदेखि कार्यरत यादव ११ वर्षदेखि सरस्वती माविमै अध्यापन गर्दै आउनुभएको छ । यसअघिका प्रधानाध्यापक तेजनारायण यादवले अनिवार्य अवकास पाउनुभएको थियो ।
सबै शिक्षक, कर्मचारी साथीहरुसँग सल्लाह गरेर योेजना बनाएर काम गर्ने उहाँको भनाइ छ । सरस्वती माविमा कक्षा १२ सम्म पठनपाठन हुन्छ । सरस्वती माविमा ६ सय जना विद्यार्थी अध्ययनरत छन्























