प्रदेशी भूमि यूएई बाट समानुपातिक तर्फ प्रेम राज ढकाल को नाम उमेदवारीमा सिफारिस


राष्ट्रिय स्वतन्त्र पार्टीको युएईमा रहेका सम्पर्क विभाग अन्तर्गतको प्रवास नेपाली सम्पर्क विभाग यूएईले जनताको दुःख–सुखमा सधैं साथ दिने, देश, प्रदेश र समाजप्रति समर्पित व्यक्तित्व प्रेम राज ढकालबाट समानुपातिक प्रतिनिधित्वमार्फत सामाजिक न्याय र सेवामूलक राजनीतिमा सकारात्मक परिवर्तन आउने अपेक्षा सहित उमेदवारको रूपमा उनको नाम सिफारिस गरिएको छ।
विभागले जारी गरेको सिफारिस पत्रमा ढकालको बारेमा उल्लेख गरेका छन्:
ढकालले दुबईमा आपतकालीन अवस्थामा रहेका, रोजगारीका क्रममा ठगीमा परेका, श्रम शोषण भोगेका, तलब नपाएका तथा कानुनी झमेलामा फसेका नेपाली श्रमिकहरूलाई सुरक्षित उद्धार गरी नेपाल फर्काउने काममा निरन्तर सहयोग गर्दै आएका छन्। विभिन्न सामाजिक संस्थाहरू तथा नेपाली समुदायसँग समन्वय गर्दै उनले कयौ पीडित नेपालीलाई आशा र राहत प्रदान गरेका छन्।
समानुपातिक तर्फका उम्मेदवार प्रेम राज ढकाल सामाजिक सेवा, मानवअधिकार र आपतकालीन सहयोगका क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका व्यक्तित्व हुन्। विशेषगरी वैदेशिक रोजगारीका क्रममा दुबई तथा खाडी मुलुकमा अलपत्र परेका नेपाली श्रमिकहरूको उद्धार र सहयोगमा उनले खेलेको भूमिका उल्लेखनीय छ।
ढकाल सन् २००८ देखि यूएईमा निरन्तर कार्यरत उनी भोजपुर जिल्लाको अरुण गाउँपालिका–५, याकू स्थायी निवासी हुन। ढकालले सामाजिक उत्तरदायित्व वहन गर्दै प्रवासी नेपाली समुदायको प्रतिष्ठा अभिवृद्धि गरेको विभागको दाबी छ।
कोभिड–१९ महामारीको कठिन समयमा प्रेम राज ढकालले मानवता र जिम्मेवारीको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका थिए। त्यो चुनौती पूर्ण समयमा ढकालले भोजपुर जिल्लामा अक्सिजन सिलिन्डर, मास्क, सेनिटाइजरलगायतका अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेका थिए, भने झापाको कन्काई नगरपालिका–६ मा खाद्य सामग्री वितरण गरेका थिए। यसका साथै यूएईमा रहेका नेपाली समुदायका १५० भन्दा बढी नागरिकको राहत तथा उद्धार कार्यमा सक्रिय योगदान पुर्याएका छन्। सामाजिक सेवामा उनको योगदान केवल आपतकालीन सहयोगमा सीमित छैन। शिक्षा, स्वास्थ्य, श्रमिक अधिकार र सामाजिक न्यायका विषयमा उनी निरन्तर आवाज उठाउँदै आएका छन्। समाजका कमजोर, पिछडिएका र आवाजविहीन वर्गका पक्षमा उनले देखाएको प्रतिबद्धताले उनलाई जनतामाझ विश्वासिलो र जिम्मेवार व्यक्तित्वका रूपमा स्थापित गरेको छ। हालै सम्पन्न वेस्ट इन्डिज र नेपालबीचको Unity Cup 2025 आयोजना सफल बनाउनसमेत उनले विशेष सहयोग पुर्याएको जनाइएको छ।

ढकालको आफ्नो भनाई: “म सन् २००७ मा साउदी अरबबाट आफ्नो वैदेशिक यात्रा सुरु गरेर पछि २००८ मा यूएई आएर अहिले निरन्तर आफ्नो कार्यक्षमता र व्यवस्थापकीय क्षमताका कारण सन् २०१२ मा यूएईको अल–फुतैम कम्पनीमा म्यानेजरको जिम्मेवारी सम्हाल्दै, हाल म आफ्नै व्यवसाय सञ्चालन गर्दै आएको छु। प्रवासमा आर्जन गरेको अनुभव, ज्ञान, सीप र प्रविधिलाई संविधान तथा कानुन निर्माण प्रक्रियामा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता सहित उपयोग गर्ने उद्देश्य राखी उम्मेदवारीमा आफ्नो नाम अघि सारेको छु”।























