देश

किरण गजमेरले जिते ‘द भ्वाइस अफ नेपाल सिजन ३’ को उपाधि, भूटानी शरणार्थीका लागि एम्बुलेन्स किनिदिने किरणको बाचा

जगत ठाडा मगर
२०७८ साउन २४ | बिहान ०८:०४ बजे

काठमाडौं । चर्चित रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–३ को उपाधि किरण गजमेरले हात पारेका छन् । शनिवार राति भएको ग्राण्ड फिनालेमा भ्वाइस अफ नेपालको उपाधि भूटानी शरणार्थी युवा किरण गजमेरले जितेको घोषणा गरिएको हो ।

photo 2021 08 08 08 28 22

गायक प्रमोद खरेलको टिममा रहेका गजमेरले अन्य ३ प्रतिस्पर्धी आर्यन राई, ज्वाला राई र तारा श्रीष मगरलाई पछि पार्दै उपाधि जितेका हुन् । किरणले भोटका आधारमा उपाधि जितेका उनले नगद रु.२५ लाख रुपैयाँ पुरस्कार पनि पाएका छन् ।

photo 2021 08 08 08 28 23

उपाधि जितेपछि उनले आफुले पाएको २५ लाख रुपैयाँ पूर्वमा रहेका भूटानी शरणार्थीका लागि २ ओटा एम्बुलेन्स खरिद गरिदिने बताएका छन् । अन्तिम टप-४ मा टीम राजुबाट तारा थिइन् भने टीम तृष्णाबाट ज्वाला र टीम दीपबाट आर्यन थिए ।

कमेन्टहरु