चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु


बेइजिङ, पुस ९ । दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर पोखरीमा खसेपछि बालबालिका सहित आठ जनाको मृत्यु भएको सरकारी मिडियाले बुधबार जनाएको छ ।घटना साङ्घाईबाट ४८० किलोमिटर पश्चिममा ग्रामीण क्षेत्र पेन्जे काउन्टीमा भएको पानीको पेखरीमा भएकोे जनाइएको छ ।
पिपुल्स डेली प्रेस अन्तर्गतको प्रकाशन न्यू सेक्युरिटीका अनुसार हालैको वर्षाले गर्दा चिप्लो भएको सडकको तल्लो भागमा उक्त कार दुर्घटना भएको हो ।सात सिटको एसयूभी सामान्यतया यस क्षेत्रका निजी शिशुस्यार ९किन्डरगार्टेन० मा जाने बच्चाहरूलाई ओसार पसार गर्न प्रयोग गरिएको रिपोर्टले जनाएको छ ।
“दुर्घटनाको समयमा किन्डरगार्टेनका धेरै बालबालिका गाडीमा सवार रहेको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ ।काउन्टी सुरक्षा अधिकारीहरूले प्रकाशित गरेको अघिल्लो वक्तव्यले चालक सहित आठ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।विज्ञप्तिमा अन्य पीडितहरूको बारेमा कुनै जानकारी नदिइएको तर अनुसन्धान जारी रहेको बताइएको छ ।























