नेपाली कांग्रेस बाँकेद्धारा नेपालगञ्जमा सुशील कोइराला स्मृति भवन निर्माण


राँझा (बाँके), पुस ९ । नेपाली कांग्रेस बाँकेले नेपालगञ्जमा सुविधासम्पन्न ‘सुशील कोराला स्मृति भवन’ निर्माण गरेको छ । कांग्रेसका पूर्वसभापति, पूर्वप्रधानमन्त्री स्व सुशील कोइरालाको स्मृतिमा भवन निर्माण गरी उहाँकै नामबाट नामाकरण गरिएको हो ।कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलका अनुसार भवनको एउटा कोठालाई ‘सुशील कोइराला शयन कक्ष’ नाम दिइएको छ । स्व कोइरालाले नेपालगञ्जमा पार्टीको भवन निर्माण भयो भने त्यहीँ बसेर काम गर्ने इच्छा जाहेर गर्नुभएकाले उहाँको भावनाको उच्च सम्मान गर्दै शयन कक्ष निर्माण गरिएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार भवन निर्माणका लागि विभिन्न क्षेत्र तथा व्यक्तिबाट अहिलेसम्म नगद, भौतिक तथा जिन्सी सामग्रीसहित रु एक करोड २५ लाख ७० हजार सहयोग प्राप्त भएको छ । जेष्ठ नागरिक तथा अपाङ्गमैत्री उक्त भवनमा ‘लिप्ट’को व्यवस्था गरिएको संयोजक अधिकारीले जानकारी दिनुभयो ।


















