दलालहरुले विदेशीकाे ईसारामा हाम्रो देशमा विचण्डता मच्चाउदै छन् : मुक्ति गैरे


काठमाडौं । विद्यार्थी स्वयंसेवक नेपालका केन्द्रीय संयाेजक मुक्ति गैरेले आँफुहरुलाई विदेशी दलालहरुकाे विचण्डता स्विकार्य नहुने बताएका छन् । आज उनले जारी गरेको विज्ञप्तिमा भनिएको : `नेपालीहरुकाे स्वाधीन गाैरव पुर्ण ईतिहासहरु नामेट पार्न अन्तिम प्रयत्न हुदैछ । जसका कारण नेपाल नेवारी भाषा र सम्पदा, लिच्छवि, मल्ल, खस सिजा, थारु-अबध-मैथिली, बुद्ध शान्ति र बलिदानका पहरेदार गुरुङ, मगर लगायतका हाम्रा समुदायहरुकाे साझा चाैपारी नेपाल देश माथि विदेशी साम्राज्यवादकाे आक्रमणबाट समाप्त पार्ने कुचेष्टा हुदैछ । त्यति मात्रै हाेईन् सम्पदा, संरचना, भाषा, संस्कृति, संस्कार, शिक्षा, स्वास्थ्य, राेजगार, वन-जङ्गल, जमिन, नदि-नाला र कृषिकाे पुर्णरुपमा लुटपाट मच्चाईएकाे छ, विध्वंस गरिएको छ र समाप्त पारिएको छ ।´ उनलेे जारी गरेको विज्ञप्ति जस्ताको त्यस्तै :
`प्रेस वक्तव्य !
हाम्रो देश यतिबेला राजनीतिक सत्ताको संकट ग्रस्त अवस्थाबाट गम्भीर माेडमा पुगेको छ । जसका कारण हाम्रो राष्ट्रियता, जनतन्त्र र जनजिविका पुर्ण रुपमा विदेशीहरुले नेपाली अनुहारका दलालहरु मार्फत चिरहरण गरेकाे छ । त्यसैको उपज नेपाली राज्यकाे सम्पूर्ण संरचना ध्वस्त बनाईएकाे छ । राज्यको सेना, सत्ता र अदालत पुर्ण रुपमा निकम्मा बनेकाे छ । नेपालीहरुकाे स्वाधीन गाैरव पुर्ण ईतिहासहरु नामेट पार्न अन्तिम प्रयत्न हुदैछ । जसका कारण नेपाल नेवारी भाषा र सम्पदा, लिच्छवि, मल्ल, खस सिजा, थारु-अबध-मैथिली, बुद्ध शान्ति र बलिदानका पहरेदार गुरुङ, मगर लगायतका हाम्रा समुदायहरुकाे साझा चाैपारी नेपाल देश माथि विदेशी साम्राज्यवादकाे आक्रमणबाट समाप्त पार्ने कुचेष्टा हुदैछ । त्यति मात्रै हाेईन् सम्पदा, संरचना, भाषा, संस्कृति, संस्कार, शिक्षा, स्वास्थ्य, राेजगार, वन-जङ्गल, जमिन, नदि-नाला र कृषिकाे पुर्णरुपमा लुटपाट मच्चाईएकाे छ, विध्वंस गरिएको छ र समाप्त पारिएको छ ।
यस्तो विषम परिस्थितिमा हाम्रो विद्यार्थी स्वयंसेवक नेपाल चुप लागेर बस्न सक्दैन् । हाम्रो राष्ट्रियता, जनतन्त्र र जनजिविकालाई पुर्ण रुपमा प्राप्त गर्न जस्तोसुकै संघर्ष गर्न तयार रहेको छ । हाम्रो शैक्षिक एवम् प्राज्ञिक अधिकार समाप्त पार्न खाेज्ने दलालहरुका विरुद्ध संघर्ष गर्न तयार रहेकाे छ । हाम्रो साझा फुलबारी नेपालकाे रक्षा र संरक्षणकाे लागि संघर्ष गर्न तयार भएका छाैं । हाम्रो सम्पदा, संरचना, भाषा, संस्कृति, संस्कार, शिक्षा, स्वास्थ्य, राेजगार, वन जङ्गल, जमिन नदि नाला र कृषिकाे लुटपाट र समाप्त पार्ने जस्ताेसुकै विदेशी दलालहरुका विरुद्ध जेहाद छेड्न हामी तयार छाैं । मुख्यतः राष्ट्रियता भनेको सत्ता, अदालत र सेना हाे ।
जनतन्त्र भनेको जनताले चलाउने सत्ता, अदालत र सेना हाे । र जनजिविका भनेको शिक्षा, स्वास्थ्य, आवास, राेजगार, सुचना, खेलकुद र मनाेरन्जन हाे । यी तिनै कुराकाे पहिचान नै हाम्रो भाषा, संस्कृति, सम्पदा, संस्कार, बलिदान, त्याग, समर्पण र सम्मान हाे । यसलाई दलालहरुले समाप्त पारि विदेशीहरुकाे ईसारामा चल्ने कुचेष्टा गर्दै देशमा विचण्डा मच्चाउदै छन् । हामीलाई किमार्थ विदेशी दलालहरुकाे विचण्डता स्विकार्य छैन् तसर्थ आम समुदायहरुमा राष्ट्रियता, जनतन्त्र र जनजिविकाे रक्षार्थ एकताबद्ध संघर्षमा उत्रिन अपिल गर्दै विदेशीहरुकाे सेवा गर्ने, विचण्डा मच्चाउने, अराजकता मच्चाउने, हाम्राे साझा फुलबारीका फुलहरु भाषा, कला, संस्कृति, सम्पदा र संरचनाहरु मास्ने-ध्वस्त पार्ने, शिक्षा, स्वास्थ्य, उद्योग कलकारखाना ध्वस्त पार्ने जुनसुकै दलालहरुकाे विरुद्धमा जनप्रतिवादमा उत्रिन समेत बिशेष अपिल गर्दछौं । हाम्रो विद्यार्थी स्वयंसेवक नेपाल त्यस्ता कुकर्म र अपराधहरुकाे विरुद्धमा जुनसुकै तहमा रहेका दलालहरुका विरुद्धमा संघर्ष गर्ने उद्घाेष समेत गर्दछौं ।मिति २०८२/०९/०९ गते
मुक्ति गैरे
संयाेजक´
























