क्यालिफोर्नियामा आँधीका कारण भएको भारी वर्षा र हिमपातले सयौँ विस्थापित


लस एन्जलस, पुस ९ । क्यालिफोर्नियामा मङ्गलबार आएको आँधीका कारण आवासिय घरहरु प्रभावित हुदाँ सयौं मानिसहरु विस्थापीत भएको जनाइएको छ । भने क्रिसमसको समयमा राज्यको धेरै भागमा बाढीका कारण र यातायात अवरुद्ध हुने खतरा रहेको अधिकारीहरूले बताएका छन् ।
बुधवार देखि शुक्रबारसम्म विशेष गरी उच्च भूभाग र सडकहरू मार्फत चट्टान र माटोको ढलसँगै बाढीको सामना गर्नु पर्ने बताइएको छ ।दक्षिणी क्यालिफोर्नियाका केहि भागहरुमा ३०।५ सेन्टिमिटर सम्म वर्षा हुन सक्ने अनुमान गरिएको कोहेनले बताउनु भएको छ ।“जनवरीको जङ्गली आगोबाट प्रभावित क्षेत्रहरूसहित हालैका प्रभावित क्षेत्रहरू माटो र भग्नावशेषको प्रवाहका लागि अत्यधिक संवेदनशील भएको एलए काउन्टीका अधिकारीहरूले विज्ञप्ति मार्फत जनाएका छन् ।
एलए कानून प्रवर्तनका अनुसार मङ्गलबार २०० भन्दा बढी प्रभावित घरहरू खाली गर्ने आदेश दिएको थियो ।लस एन्जलस काउन्टी र राज्यका अन्य भागहरूमा मङ्गलबार देखि बाढीको निगरानी गरिएको थियो ।क्यालिफोर्नियाको पूर्वी सिमानामा रहेको प्रमुख पर्वत शृङ्खला सिएरा नेभाडामा यस हप्ता एक फिट भन्दा बढी हिउँ परेको छ भने आँधी आउनु अघि नै पाँच फिटसम्म हिउँ पर्ने पूर्वानुमान गरिएको थियो ।
आँधी राज्य भरि ८८ किलोमिटर प्रति घण्टा सम्मको हावाको वेगमा आउने पनि अपेक्षा गरिएको थियो ।कमजोर माटो र तीव्र हावाको संयोजनले ठुलो सङ्ख्यामा रूख र बिजुलीका लाइनहरू झर्ने सम्भावना रहेको मौसम अधिकारीहरूले चेतावनी दिएका छन् ।























