घटना

अमेरिकाको पेन्सिलभेनियामा एक नर्सिङ होममा विस्फोट, दुई जनाको मृत्यु

एजेन्सी
२०८२ पुस ९ | बिहान १०:०९ बजे

वासिङ्टन डीसी । अमेरिकाको पेन्सिलभेनिया राज्यमा एक नर्सिङ होममा विस्फोट भएको छ । विस्फोटमा नर्सिङ होमको एक भाग भत्किएको छ । यस घटनामा दुई जनाको मृत्यु भएको र धेरै जना घाइते भएका छन्।ग्यासको गन्ध आएको खबर पाएपछि स्थानीय समय अनुसार मंगलबार दिउँसो २ बजेतिर सिल्भर लेक नर्सिङ होममा आपत्कालीन टोलीहरू बोलाइएको थियो। टोली आइपुग्दा भवनमा विस्फोट भएर ठुलो आगो लागेको अधिकारीहरूले बताएका छन् ।

दुर्घटनापछि पाँच जना बेपत्ता छन् ।   उनीहरू अझै भवनमा छन् कि छैनन् भन्ने कुरा निश्चित नभएको अधिकारीहरूले भने का छन् । अरूको उद्धार गरिएको छ।घाइतेहरूको सही सङ्ख्या अज्ञात रहेको र विस्फोटको कारण अनुसन्धान भइरहेको पेन्सिलभेनियाका गभर्नर जोश शापिरोले बताए।

कमेन्टहरु