मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
हिमाली गाउँपालिका १७ औं गाउँ अधिवेशन सम्पन्न


बाजुरा, पुष ८ । बाजुरा जिल्लाको पुर्वी भेगमा रहेकोे हिमाली गाउँपालिका गाउँ सभाको १७ औं गाउँ अधिवेशन सम्पन्न गरिएको छ । आर्थिक वर्ष २०८२/०८३ को १७ औं गाउँ सभा हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले ब्यानर पढेर गाउँ सभा उद्घाटन गरेका छन । “स्वास्थ, शिक्षा, कृषि, जडिबुटी, पर्यटन, जलस्रोत र पुर्वाधार, औद्योगिकरण, सुशासन र गरिबी निवारण समृद्ध हिमाली आधार” भन्ने अभियानका साथ गाउँ अधिवेशन सुरु गरिएको हो ।
हिमाली गाउँपालिका आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व -२०८२ र स्थानीय तह वातावरण प्राकृति स्रोत संरक्षण सम्बन्धि -२०८२ सहित गरेर दुईवटा कार्यविधि पारित गरिएको छ । हिमाली गाउँपालिका कर्मचारी संगठन व्यवस्थापन संरक्षण २०८२/०८३ को ओएनएम सभामा पेश, हिमाली गाउँपालिका भित्र कर्णाली करिडोर पर्ने बस्ती जोखिम हुँदा बस्ती स्थानतरण गर्ने निर्णय गरिएको हिमाली गाउँपालिका प्रवक्ता भिमानन्द पाण्डेले बताउनुभयो।






















