दुबई यूएई, धर्म–संस्कृति/रीतिथिति
राजबंशी समुदायको थर लेखाईमा त्रुटि समाजिक सञ्जालमा चर्चा ।


भर्खरै राजवंशी समाज विकास समितीले आफ्नो ३२ओं स्थापना दिवस दुई भिन्न भिन्न स्थानमा सम्पन्न गरेको छन्। जसमा एक समूह अभय राजवंशीको थियो भने अर्को समूह सुवन्त राजवंशीको थियो। अभय राजवंशी समूहले मोरङको कटहरी २ आदर्शनगरमा आफ्नो ३२ औँ स्थापना दिवस कार्यक्रम सम्पन्न गरेको छ। भने त्यसैगरी सुबन्त राजबंशी समूहले गौरीगञ्ज नगरपालिकामा ६ खजुरगाछी स्थित राजवंशी समाज विकास समितिको नयाँ निर्मित भवनमा आफ्नो स्थापना दिवस कार्यक्रम उक्त भवनलाई उद्घाटन गरेर सम्पन्न गरेको छ।

राजवंशी समाज विकास समिति वर्षौंदेखि दुईटा समूहमा विभाजन भएको र यस विषयमा सम्मानित अदालतमा पनि मुद्दा चलिरहेको कुरा सर्वसाधारणलाई जानकारी नै छ। वास्तविकमा कुन समूह आधिकारिक हो कुन समूह अनाधिकारिक हो। भन्ने कुरा अहिलेसम्म निष्कर्ष आएको देखिँदैन। राजवंशी समाज विकास समितिले यो ३२ औ वर्ष आफ्नो जाति, भाषा, धर्म, संस्कृति, रहनसहन, भेषभुषा को विकास गर्नुको सट्टा एक अर्कामा फुटाफुट एक अर्कामा द्वन्द गरि नै रहेको छ।

वास्तवमा राजवंशी समुदायको लागि यो ३२ वर्ष एकदमै कालो दिनहरु भन्दा गलत हुँदैन। यी सब कुरा यथावत नै छ। तर आज राजवंशी समुदायमा हाम्रो थरको लेखाइलाई लिएर एकदम चर्चामा छ। राजबंशी समाज विकास समिति सुमन्त राजवंशीको टिमले सम्पन्न गरेको ३२ औँ स्थापना दिवसमा प्रयोग गरेको राजवंशी शब्द दुई किसिमले लेखिएको छ जुन राजवंशी समाज विकास समितिकै भवनमा राजवंशी शब्द सलाई ‘राजबंसि’ लेखिएको छ। भने ब्यानर, लेटर प्याड, फेसबुक सामाजिक सञ्जाल, लोगोमा “राजवंशी” सुवन्त राजवंशी समूहले गत केही वर्षदेखि नै गर्दै आएको आफ्नो सांस्कृतिक कार्यक्रममा पनि सेम गल्ती दोहोराइरहेको छ। यो “राजवंशी” शब्दलाई हेरफेर गरिरहेको देखिन्छ।
यो विषयमा समाजिक सञ्जालमा वादविवाद बढेपछि राजवंशी समाज विकास समितिका अगुवाहरूले आफ्नो भनाई यसप्रकार राखेका छन् । “राजवंशी शब्दकोष मा “श” नरहेको ले राजवंशी भाषामा लेखिन्दा “राजवंसि” लेखिन्छ। तर हाम्रो देशको राष्ट्रिय भाषा प्रयोग हुने ठाउमा राष्ट्रिय भाषामा “राजवंशी” लेखिन्छ।
यो कुनै विवादको विषय होईन।
संस्थाले आफ्नो भाषा, संस्कार , कला, आदीलाई जोगाउनका लागी आफ्नो भाषालाई नै प्राथमिकतामा राखेर लेखिने गरेको हो ! ब्रह्मानी लिपिलाई आधार मानेर राजवंशीको ठाउँमा ‘राजबंसि’ लेखिएका छौ भन्ने कुरा जानकारी दिनुभएको छ।























