भिम मल्ल ठकुरी युएई देखि नेपालसम्म सामाजिक सेवामा अग्रसार

भिम मल्ल ठकुरी युएई देखि नेपालसम्म सामाजिक सेवामा अग्रसार

कविराज राजवंशी/ प्रवास यूएई
हालै २ महिना अगाडि युएईमा सम्पन्न भएको एनआरएन एनसीसी यूएईको भर्चुवाल महाधिवेशनबाट अध्यक्ष पदमा नव नियुक्त भीम मल्ल ठकुरी दुवईमा अलपत्र परेका नेपालीहरु, दुखमा परेका, दलालहरूबाट ठगिएका पीडित नेपालीहरूका लागि आफ्नो निजी लगानीमा निःशुल्क होम सेल्टर सुचारु गरेका छन् । साथै त्यो होम सेन्टरमा खान बस्न सबै कुरा निःशुल्क रहनेछ। र पीडितले नेपालसम्म जानको लागि जति पनि सम्भावना हुन्छ सबै व्यवस्था मिलाइदिने पनि उहाँले आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। यो महत्वपूर्ण कार्यबाट युएईमा उनको लोकप्रिय झन बढेको देखिन्छ। युएईमा रहेका वास्तविक पीडितले राहात पाउनेछन भनी जन विश्वास रहेको छ।

साथै वर्षे बिदामा उनी भर्खरै नेपाल गएका छन्। उनको सामाजिक सेवाभाव नेपालमा पनि तीव्र गतिमा अगाडि बढिरहेको छ। २२ डिसेम्बर सोमबारको दिन श्री बाल ज्योति माध्यमिक विद्यालय, रामपुर नगरपालिका–वडा नं. १, बर्दाकोट, पाल्पामा भएको एक कार्यक्रममा सहभागी हुँदै, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री पुनबहादुर सारुज्यूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल एसोसिएसन (NRNA NCC UAE) अध्यक्ष भिम मल्ल ठकुरीज्यूले NRNA UAE विद्यालयप्रति सद्भाव प्रकट गर्दै विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि उनी व्यक्तिगत रूपमा न्यानो कपडा, खेलकुद तथा स्टेशनरी सामग्री वितरण गर्नु भएकोछ ।

यस मानवीय तथा प्रेरणादायी कार्यका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुनबहादुर सारुज्यूले हार्दिक आभार व्यक्त गरेका छन भने साना विद्यार्थी भाई, वाहिनीहरूमा खुसीको हामोस् बनेको थियो।






















