युवा नेता सुधीर सिंहको समन्वयमा बिरेन्द्र प्रसाद सिंहको पहलमामा सर्लाहीमा आँखा स्वास्थ्य शिविर सम्पन्न


सर्लाही । पौष ८ बैजनाथ आमा तथा बाल अस्पताल, धनकौल सर्लाहीको आयोजनामा सर्लाही जिल्लाका नागरिकहरूको आँखासम्बन्धी स्वास्थ्य समस्या समाधान गर्न निःशुल्क आँखा जाँच तथा मोतिबिन्दु शल्यक्रिया (अपरेशन) शिविर भव्य रूपमा सम्पन्न भएको छ । पूर्व स्वास्थ्य मन्त्री तथा नेपाली कांग्रेस मधेश प्रदेशका उप सभापती बिरेन्द्र प्रसाद सिंहको विशेष पहल र युवा नेता सुधीर सिंहको सक्रिय समन्वयमा सञ्चालन गरिएको यस शिविरमा Lions Club of Kathmandu, Nepal ले प्राविधिक, चिकित्सकीय तथा व्यवस्थापन सहयोग प्रदान गरेको थियो।
अनुभवी नेत्र रोग विशेषज्ञ, स्वास्थ्यकर्मी र स्वयंसेवकहरूको संयुक्त प्रयासका कारण शिविर अत्यन्त प्रभावकारी बनेको आयोजकहरूले बताएका छन्। शिविरमार्फत १२०० भन्दा बढी नागरिकहरूको निःशुल्क आँखा परीक्षण गरिएको थियो। परीक्षण गरिएका बिरामीहरूमध्ये ४०० भन्दा बढीको मोतिबिन्दु शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।
उपचार पाएका बिरामीहरूले पुनः दृष्टि पाएको भन्दै खुशी व्यक्त गरेका छन्, जसले शिविरको महत्व पुष्टि गरेको छ। कार्यक्रमको सञ्चालनमा स्थानीय तह, सामाजिक संघसंस्था, स्वास्थ्य स्वयंसेवक तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। समन्वय, व्यवस्थापन र जनसम्पर्कका सबै पक्ष व्यवस्थित रूपमा सञ्चालन भएकै कारण कार्यक्रम सफल भएको आयोजकहरूको निष्कर्ष छ।
स्थानीय बासिन्दाहरूले आर्थिक अभावका कारण उपचारबाट वञ्चित भइरहेका ग्रामीण तथा विपन्न समुदायका लागि यस्ता निःशुल्क स्वास्थ्य शिविर जीवनदायी सावित भएको बताएका छन्। उनीहरूले आयोजक, सहयोगी संस्था र चिकित्सक टोलीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता निरन्तर, पहुँचयोग्य र जनमुखी स्वास्थ्य कार्यक्रमहरू सञ्चालन गर्न सरकार तथा सरोकारवालाहरूको ध्यानाकर्षण गराएका छन्।























