रौतहट गरुडाको माध्यमिक बिधालयमा प्र.अ पटेलले गरे २०० सय जना छात्राहरुलाई पैड बितरण


सिताराम साह
रौतहट । रौतहट जिल्लाको एक बिधालयमा पैड बितरण कार्यक्रम सम्पन भएको छ । बेटी पढाउ बेटी बचाउ अन्तरर्गत प्रदेश सरकारले छात्राहरुको लागी बिभिन्न कार्यक्रम ल्याएको र अरु पनि ल्याउने तरखरमा रहेको बताएका छन ।
बेटी बढाउ बेटी बचाउ कार्यक्रम अन्तरर्गत गरुडा नगरपालिकाद्धारा श्री माध्यमिक बिधालय गरुडामा पढने छात्राहरुलाई पैड उपल्बध गराएको श्री माध्यमिक बिधालयका प्रधानाध्यापक प्रभु राउत पटेलले बताएका छन । उपल्बध गराएको पैड कक्षा ६ देखि कक्षा १० सम्म पढने छात्राहरुलाई हरेक महिना बितरण गर्दे आईरहेको पनि बताएका छन ।कोभिड–१९ का कारण स्कुल बन्द हुदाँ हामिले यो बितरण गर्न नसकेका छौ उहाँले बताएका थिए ।
शनिबार सो स्कुलका कक्षा ११ का बार्षिक परिक्षा दिन आएका २०० सय छात्राहरुलाई पैड बितरण गरिएको प्रधानाध्यापक राउतले बताएका छन । पैड बितरण कार्यक्रममा प्रत्येक छात्रालाई २÷२ ओटा पैड बितरण गरिएको जनाएको छ । बाँकी रहेको अरु छात्राहरुलाई पनि यस्तै बितरण गर्ने प्र.अ पटेल प्रतिबद्धता जनाएका छन । प्रदेश सरकारको बेटी पढाउ बेटी बचाउ कार्यक्रम र गरुडा नगरपालिकाद्धारा उपल्बध गराईएको बिशेष धन्याबद दिएका थिए ।
पैड बितरण कार्यक्रममा बोल्दैँ प्र.अ पटेलले भने प्रदेश सरकारका कार्यक्रम मध्ये चर्चामा आएका बेटी पढाउ बेटी बचाउ अन्तर्गत साईकल बितरणले निकै नेै प्राथमिकता पाएको छ ।सो कार्यक्रम अन्तर्गत हाम्रो स्कूलमा पनि चाडैँ नै छात्राहरुलाई साईकल बितरण गर्ने पनि बताएका छन ।






















