पूर्वीनवलपरासीको एक होटलमा युवतीको मृत्यु


सुरेश यादब
परासी । पुर्वी नवलपरासीको त्रिवेणीधाममा रहेको एक होटलमा युवतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी दिलीप गिरीका अनुसार त्रिवेणीधाममा रहेको होटल शाही प्यालेसमा बास बसेकी १८ वर्षीया साइना अन्सारीको मृत्यु भएको हो ।
पश्चिम नवलपरासी रामग्राम नगरपालिका वडा नं १२ का एक युवकसँग शुक्रबार राति बास बस्न आएकी अन्सारीको पेट दुखेपछि राति नै चौपत्तास्थित सामुदायिक अस्पतालमा लगिएको थियो ।
अस्पताल पुग्ना साथ अन्सारीको अत्यधिक रक्तश्रावले भएपछि मृत्यु भएको अस्पतालले जनाएको छ । युवतीसँगै होटलमा गएका परासीका अजय राजभर अस्पतालबाटै फरार भएका छन् । युवतीलाई राजभरले नै अस्पताल लगेका थिए । युवतीको मृत्युलाई प्रहरीले शंकास्पद भनेको छ ।
दुवै एकै गाउँका रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । फरार युवकका बाबु र छिमेकी प्रहरीको सम्पर्कमा छन् । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी गिरीले बताए ।






















