देश

एसईई नतिजा प्रकाशित : ४ लाख ८४ हजार २ सय ७८ जना उत्तीर्ण

जगत ठाडा मगर
२०७८ साउन २३ | मध्यान्ह ०९:०४ बजे

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको प्रवेशिका परीक्षा (एसईई)को नतिजा शनिबार दिउँसो प्रकाशित गरेको छ।

परिक्षाका लागि ५ लाख १७ हजार १ सय २२ जना विद्यार्थीले परीक्षा फारम भरेकोमा जम्मा ४ लाख ८४ हजार २ सय ७८ जना उत्तीर्ण भएको परीक्षा नियन्त्रक कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले बताएका छन् ।

कोरोनाभाइरसका कारण परीक्षा संचालन गर्न नसकेपछि विद्यालयहरुले आन्तरिक मुल्यांकन गरी प्राप्तांक पठाएका थिए । सोही अंकका आधारमा परीक्षा नियन्त्रण कार्यालयले शनिबार परीक्षाफल प्रकाशन गरेको हो ।

परीक्षा बोर्डको आधिकारिक वेबसाइट, नेपाल टेलिकम र एनसेलको वेबसाइटमार्फत पनि नतिजा हेर्न सकिन्छ । यस्तै नेपाल टेलिकमबाट १६०० र एनसेलबाट १६०० नम्बरमा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिन्छ ।

कमेन्टहरु