समाज

‘धुरन्धर’को गीतबाट किन रिजेक्ट भइन् तमन्ना ?

एजेन्सी
२०८२ पुस ६ | मध्यान्ह ०३:०९ बजे

मुम्बई । बलिउडमा जब दमदार डान्स नम्बरको कुरा आउँदा, तब तमन्ना भाटियाको नाम पनि आउँछ ।‘स्त्री २’ को ‘आज की रात’देखि ‘घफूर’ जस्ता गीतहरूले उनलाई ‘स्पेसल सङ’की रानी बनाएको छ । डान्स नम्बरमा एउटा दर्बिलो परिचय बनाएकी भाटिया फिल्म ‘धुरन्धर’को चर्चित गीत ‘शरारत’बाट भने रिजेक्ट भएको खुलासा भएको छ । फिल्मका कोरियोग्राफर विजय गांगुलीले हालै एक अन्तर्वार्ताको क्रममा यस विषयमा खुलासा गरेका हुन्, जसमा उनले ‘शरारत’ गीतको योजना बनाउँदा आफ्नो दिमागमा सबैभन्दा पहिलो नाम तमन्ना भाटियाकै आएको बताए । उनका अनुसार तमन्नाको स्क्रिन प्रेजेन्स र डान्सिङ स्टाइल यस्तो गीतका लागि एकदमै उपयुक्त थियो । 

 

विजय गांगुलीले तमन्नाको नाम गीतका लागि निर्देशक आदित्य धरसामु राखेका थिए । तर आदित्यको मान्यता थियो कि फिल्ममा यस्तो कुनै गीत नहोस्, जो कथाभन्दा बाहिर गएर केवल एक स्टारमा मात्र केन्द्रित होस् । यदि गीतमा तमन्ना भएको भए, दर्शकहरूको ध्यान कथाको साटो केवल उनीमाथि मात्रै अडिने आदित्यको बुझाइ थियो । 

 

आदित्य धरले ‘शरारत’ लाई परम्परागत ‘आइटम सङ’ नबनाई कथाकै एउटा हिस्सा बनाउने निर्णय गरे । यही कारणले गर्दा गीतमा तमन्न भन्दा पनि एक जना होइन, दुई जना अन्य कलाकारलाई लिइयो । अन्ततः यस गीतका लागि आयशा खान र क्रिस्टल डिसुजालाई छनोट गरियो, ताकि फोकस कुनै एउटा अनुहारमा नभई दृश्य र फिल्मको प्रवाहमा बनिरहोस् । 

 

कोरियोग्राफरका अनुसार ‘शरारत’ गीत रणवीर सिंह र सारा अर्जुनको विवाहको रिसेप्सन दृश्यको एउटा हिस्सा हो । त्यस दृश्यमा नृत्य मात्र नभई कथाका धेरै महत्त्वपूर्ण क्षणहरू पनि सँगसँगै अगाडि बढ्छन् । यस्तोमा निर्देशक चाहँदैनथे कि गीतका कारण फिल्मको गति वा कथाको प्रभाव कमजोर बनोस् । 

रोचक कुरा के छ भने यो गीतलाई अहिले निकै रुचाइएको छ । सामाजिक सञ्जालमा यो गीतमा अहिलेसम्म धेरै रिल्सहरू बनिसकेका छन् । ‘शरारत’ रिलिज हुने बित्तिकै सामाजिक सञ्जालमा छाएको छ । आयशा खान र क्रिस्टल डिसुजाको केमेस्ट्री र ऊर्जालाई दर्शकहरूले निकै प्रशंसा गरेका छन् । गीतलाई सर्वधारणदेखि सेलिब्रेटीहरूले पनि राम्रो प्रतिक्रिया दिइरहेका छन् । 

कमेन्टहरु