हिन्दु स्वंयसेवक संघ नेपालले महाराजगन्जमा मनायो गुरु दक्षिणा उत्सव


घनश्याम यादव
कपिलवस्तु । कपिलवस्तु जिल्लाकाे महाराजगन्ज नगरपालिका वडा नं १ महाराजगन्जमा हिन्दु स्वंयसेवक संघ नेपालले श्री गुरु दक्षिणा उत्सव मनाएको छ ।

उत्सव कार्यक्रमका अध्यक्ष बसुदेव प्रसाद चाैधरीले हिन्दु धर्म विश्वकाे सबैभन्दा पुरानो धर्म र हिन्दु धर्मलाई अगाडि बढाउन काे लागि संगठित हुनु पर्ने साथै हिन्दु स्वंमसेवक संघमा कुनै प्रकारकाे विभेद पनि नरहेको बताउनु भयो ।
डा. विनय कुमार पाण्डे संगठनकाे सम्पर्क प्रमुख हिन्दुहरु अधिकारकाे बारेमा अवाज उठाउने काम गर्दै आएकाे छ । हिन्दु स्वंयसेवक संघले काेराेना भाइरसकाे संकटको बेलामा गरिब परिवारहरुलाई धेरै ठाउँमा राहत समेत वितरण गरेको छ । हिन्दुहरुलाई संगठित गरेर हिन्दु धर्मकाे संस्कारलाई जाेगाउने काम गर्दछ ।

कार्यक्रममा बाेल्दै राष्ट्रिय सभा सदस्य दिर्घनारायण पाण्डेले विश्वकाे सबैभन्दा पुरानो धर्म भनेकाे हिन्दु धर्म नै हाे । एउटा हिन्दु धर्म मात्र यस्तो हाे कि कुनै पनि धर्मको विराेध गर्दैन । हिन्दु धर्मले सबै धर्मलाई सम्मान गर्दछ ।
उत्सव कार्यक्रममा हिन्दु स्वंयसेवक संघ नेपालका कपिलवस्तु संघ चालक बसुदेव प्रसाद चाैधरी, कार्यवाहक अध्यक्ष दिनेश चाैधरी, सम्पर्क प्रमुख डा. विनय कुमार पाण्डे, राष्ट्रिय सभा सदस्य माननीय दिर्घनारायण पाण्डे, शुद्धाेधन गाउपालिका उपप्रमुख सुधा देवी पाण्डे र अन्य व्यक्तिहरुकाे पनि सहभागीता रहेको थियो ।























