समाज

फागुन २१ को चुनाव राजनीतिक निकासको प्रस्थानबिन्दु हो : स्वर्णिम वाग्ले

रासस
२०८२ पुस ५ | मध्यान्ह ०५:०९ बजे

म्याग्दी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले देशको वर्तमान राजनीतिक अन्योल अन्त्य गर्न आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउनुपर्नेमा जोड दिएका छन् ।

 
 
 

म्याग्दीमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो निर्वाचन केवल मतदान मात्र नभई राजनीतिक निकासका लागि एउटा महत्त्वपूर्ण प्रस्थानबिन्दु भएको बताए । वाग्लेले देशमा जति धेरै राजनीतिक अन्योल बढ्छ, त्यति नै अर्थव्यवस्था र शासन प्रणाली कमजोर हुँदै जानेतर्फ सचेत गराएका छन् ।

जनतामा देखिएको परिवर्तनको तीव्र चाहनालाई पूरा गर्न र मुलुकलाई निकास दिन चुनावको विकल्प नभएको उनको तर्क छ । निर्वाचनलाई सफल बनाएर मात्रै देशमा सुशासन र आर्थिक स्थिरता ल्याउन सकिने भन्दै उनले सबै पक्षलाई चुनावी प्रक्रियामा इमानदारीपूर्वक लाग्न आग्रह गरे । रास्वपाले चुनावी अभियानलाई तीव्रता दिइरहेको सन्दर्भमा वाग्लेको यो भनाइले पार्टीको स्पष्ट चुनावी अडानलाई प्रस्ट पारेको छ ।

कमेन्टहरु