खेलकुद, बिश्व

इंग्लिस प्रिमियर लिग : आज पाँच खेल प्रतिस्पर्धा हुँदै

नवलपुर टुडे
२०८२ पुस ५ | बिहान ०६:०९ बजे

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा आज वेस्टहम युनाइटेडसँग प्रतिस्पर्धा गर्दै छ । खेलमा सिटी वेस्टहमलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिने प्रयास हुनेछ । सिटी तालिकाको दोस्रो शीर्ष टोली हो । शीर्ष टोली आर्सनलसँग दुई अंकले पछि परेको सिटीले १६ खेल खेल्दा ११ जित, एक बराबरी र चार हारसहित ३४ अंक जोडेको छ ।

वेस्टहम भने रेलिगेसन जोनमा संघर्षरत टिम हो । तालिकाको १८औँ स्थानमा रहेको वेस्टहमले हालसम्म १६ खेलमा तीन जित, चार बराबरी र नौ हारसहित १३ अंक जोडेको छ । खेल सिटीको घरेलु मैदान इतिहाड रंगशालामा नेपाली समय अनुसार साँझ ८ः४५ बजे हुनेछ । योसँगै इंग्लिस प्रिमियर लिगमा अन्य पाँच खेल हुँदैछ । 

आजै लिगमा न्युक्यासल युनाइटेडले चेल्सीको सामन गर्दै छ । न्युक्यासल तालिकाको १२औँ स्थानमा छ । न्युक्यासलले हालसम्म १६ खेल खेल्दा ६ जित, चार बराबरी र ६ हारसहित २२ अंक जोडेको छ । चेल्सी भने तालिकाको चौथो शीर्ष टोली हो । चेल्सीले हालसम्म १६ खेल खेल्दा आठ जित, समान चार बराबरी र हारसहित  २८ अंक जोडेको छ । खेल न्युक्यासलको घरेलु मैदान सेन्ट जेम्स पार्कमा नेपाली समय अनुसार साँझ ६ः१५ मा हुनेछ । 

आजै लिगअन्तर्गत हुने अर्काे खेलमा एफसी बर्नमाउथ र बर्नले पनि प्रतिपर्धा गर्दैछन् । बर्नमाउथले तालिकाको १३औँ टोली हो । बर्नमाउथले हालसम्म १६ खेल खेल्दा पाँच जित, ६ बराबरी र पाँच हारसहित २१ अंक जोडेको छ । बर्नले भने रेलिगेसन जोनमा रहेको टोली हो । रेलिगेसनको संघारमा पुगेको बर्नलेले १६ खेल खेल्दा तीन जित, एक बराबरी र १२ हारसहित १० अंक जोडेको छ । 

खेल बर्नमाउथको घरेलु मैदान भाइटालिटी रंगशालामा नेपाली समय अनुसार साँझ ८ः४५ बजे हुनेछ ।  इंग्लिस क्लब ब्राइटनले पनि शनिबार लिगमा सन्डरल्याण्डको सामना गर्दैछ । ब्राइटन तालिकाको १०औँ स्थानमा छ । ब्राइटनले हालसम्म १६ खेल खेल्दा ६ जित र समान पाँच बराबरी र हारसँगै २३ अंक जोडेको छ । सन्डरल्याण्ड भने तालिकाको आठौँ स्थानमा छ । सन्डरल्याण्डले लिगमा हालसम्म १६ खेल खेल्दा सात जित, पाँच बराबरी र चार हारसहित २६ अंक जोडेको छ । खेल ब्राइटनको घरेलु मैदान स्टेडियम अफ लाइटमा नेपाली समय अनुसार ८ः४५ बजे हुनेछ । 

लिगको पुछारमा रहेको वुल्भ्सले पनि शनिबार ब्रेन्टफोर्डविरुद्ध खेल्दैछ । खेलमा वुल्भ्स पहिलो जितको खोजिमा रहेको छ । जितविहिन बन्दै रेलिगेसन जोनमा रहेको वुल्भ्सले हालसम्म १६ खेल खेल्दा दुई बराबरी र १४ हारसहित यो नतिजा आत्मसाथ गरेको हो । ब्रेन्टफोर्ड भने दोहोरो जितको खोजिमा हुनेछ । तालिकाको १५औँ स्थानमा रहेको ब्रेन्टफोर्डले २० अंक जोडेको छ । ब्रेन्टफोर्डले हालसम्म १६ खेल खेल्दा ६ जित, दुई बराबरी र आठ हार व्यहोरेको छ ।   

खेल वुल्भ्सको घरेलु मैदान मोलिनियक्स रंगशालामा साँझ ८ः४५ बजे हुनेछ । यो वुल्भ्स र ब्रेन्टफोर्डविरुद्धको दोस्रो लेग हो । पहिलो लेग गत अक्टोबर १८ मा भएको थियो । लिभपुरले शनिबार लिग =अन्तर्गत हुने पाँचौँ खेलमा टोटनहमविरुद्ध चुनौती प्रस्तुत गर्दैछ । लिभरपुल तालिकाको सातौँ स्थानमा छ । लिभपुरले लिगमा हालसम्म १६ खेल खेल्दा आठ जित, दुई बराबरी र ६ हारसहित २६ अंक जोडेको छ ।

टोटनहम भने तालिकाको ११औँ स्थानमा छ । टोटनहमले हालसम्म १६ खेल खेल्दा ६ जित र समान चार बराबरी र हारसहित २२ अंक जोडेको छ । टोटनहमको घरेलु मैदान टोटनहम हस्तपुर रंशगलामा हुने यो खेल नेपाली समयअनुसार राती ११ः१५ मा हुनेछ । 

कमेन्टहरु