नियन्त्रणमा आयो बालाजुको औद्योगिक क्षेत्रमा लागेको आगो

जगत ठाडा मगर
२०७८ साउन २३ | बिहान ११:०४ बजे

काठमाडौं । बालाजुको औद्योगिक क्षेत्रमा रहेको नेविको बिस्कुटको कारखानामा भएको आगलागी अन्तत: नियन्त्रणमा आएको छ।
बिहान २ बजेदेखि लागेको आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । उपत्यकाका सबै दमकल, प्रहरी, सेना र स्थानीय परिचालित गरिएपनि आगो नियन्त्रणमा नआएपछि हेलिकप्टरबाटसमेत पानी फालिएका थियो ।
सिम्रिक एअरको हेलिकप्टरले रानीपोखरी र माछापोखरीबाट पानी ओसार्दै आगो नियन्त्रण गर्ने प्रयास गरेको थियो । आगलागीबाट कारखानाको एउटा भवन पुरै नष्ट भएको छ।
आगलागी हुनुको कारण भने अझै खुल्न सकेको छैन। आगलागीले कति क्षति पुग्यो भन्ने विवरण आउँन बाँकी छ ।






















