इतिहास, कर्णाली प्रदेश, कोशी प्रदेश, देश, प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश, लुम्बिनी प्रदेश, समाज, साहित्य, सुदुरपश्चिम प्रदेश
स्तम्भकार याम बहादुर थापा मगर सम्मानित


स्तम्भकार याम बहादुर थापा मगर सम्मानित
बागलुङ
पुष ३
, २०८२
नवलपुर टु्डे अनलाइनका स्तम्भकार तथा लेखक याम बहादुर थापा मगर पुर्चौडी साहित्य संस्थान बैतडीबाट साहित्यीक समपर्ण र योगदानको उच्च कदर गर्दै प्रशंसा पत्र सहित सम्मानित गरेको छ । याम बहादुर थापा मगर बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे, धौलेचउर स्थायी बासिन्दा हुनुहुन्छ । लेखक याम बहादुर थापा मगरले कविता,उत्प्रेरणामुलक लेख,विचार प्रदान लेखहरु, सस्मरण,नियात्रा,प्रशासनिक सवालका लेख, सकारात्मक सोच प्रदान गर्ने लेख रचनाहरुले विभिन्न दैनिक,साप्ताहिक,अनलाइनहरुमा प्रकाशित गर्दै आउनु भएको छ ।
लेखक याम बहादुर थापा मगर विद्यामन्दिर पुस्तकालय २००३ बागलुङको आजिवन सदस्य तथा उत्कृष्ट पाठक २०६६ बाट सम्मानित, होमस्टेका पिता स्व.क्या.रुद्रमान गुरुङ स्मृति पार्कका सस्थापक सदस्य, नेपाल रेडक्रस सोसाइटी उप शाखा भकुण्डेको आजिवन सदस्य, शब्दाङकुर साहित्यीक पत्रिका,काठमाडौको आजिवन सदस्य, लघुकथा संसार अनलाइन र कविता संसार अनलाइन काठमाडौको विशेष सहयोगी,नेपाल आदिवासी जनजाति पत्रकार महासंघ गण्डकी प्रदेशको सल्लाहकार तथा संघिय प्रतिनिधी, नेपाल मगर लेखक संघ केन्द्रिय समितिको सदस्य पदमा आवद्ध हुनुहुन्छ । साथै विभिन्न अनलाइनहरुमा विभिन्न लेख,कविताहरु प्रकाशित गर्दै आउनु भएको छ ।
अझै विगतमा नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिको पुर्व महासचिव, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बागलुङको सस्थापक सचिव, धौलागिरी बहुमुखी क्याम्पस बागलुङको स्वतन्त्त विद्यार्थी युनियनको पुर्व सचिव, नेपाल पत्रकार महासंघ शाखा बागलुङको दुई कार्यकाल केन्द्रिय सभासद, प्रेस चौतारी नेपालको जिल्ला शाखा बागलुङको अध्यक्ष र पुर्व केन्द्रिय सदस्य तथा राष्ट्रिय समाचार समिति धौलागिरी अन्चल बागलुङको संयोजक भै कामकाज गरेको अनुभव छ । साथै आगामी दिनमा नियमित अध्ययन,अनुसन्धान,लेखन र विभिन्न विधाका पुस्तहरु प्रकाशन गर्ने योजना रहेको जानकारी नवलपुर टुडेलाई जानकारी गराउनु भयो ।

















