देश

खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गरेको आरोपमा ४ जना पक्राउ

जगत ठाडा मगर
२०७८ साउन २३ | बिहान १०:०४ बजे

काठमाडौं । काठमाडौँ महानगरपालिका–१४ कलंकी खसी बजारबाट खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कालीमाटीबाट खटिएको प्रहरी टोलीले आज शनिबार बिहान पाँच बजे कलंकीको खसी बजारबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा पसल सञ्चालक भारतको बिहार, बहराइज घर भई कलंकी बस्दै आएका ६७ वर्षीय गुलाम रसोल क्रोसिल, सोही ठाउँका २५ वर्षीय जविर क्रोसिल, २१ वर्षीय जाविर क्रोसिल र ५० वर्षीय मटान पुरेसी रहेका छन् ।

उनीहरुले बाख्रीको पहिचान हुने अंग लुकाएर खसीको मासु भनेर बिक्री गरेको अवस्थामै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पसलबाट बिक्री गर्न राखिएका १५ वटा बाख्रीसहित तयारी अवस्थामा रहेको मासु पनि प्रहरीले बरामद गरेको छ ।

यस्तै वीरगञ्जमा पनि प्रहरीले खसीको भनी बाख्राको मासु बिक्री गर्ने एकजनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका- १३ मुर्लीका २८ बर्षीय रोज अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो । रासस

कमेन्टहरु