समाचार

शिक्षा क्षेत्रमा चरम लापरवाही, अयोग्य नेतृत्वमाथि मेयर प्रत्यासी विजय यादवको आरोप

नवलपुर टुडे
२०८२ पुस ३ | बिहान ११:०९ बजे

रौतहट। रौतहटको फतुवा विजयपुर नगरपालिकाभित्र रहेको एक सामुदायिक विद्यालयमा कक्षा १० को परीक्षा सुरु हुनुअघि नै प्रश्नपत्र बाहिरिएको अहिले सामाजिक सञ्जाल भाईरल बन्दै गएको छ, यस घटनाले स्थानीय शिक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ। परीक्षा जस्तो संवेदनशील प्रक्रियामा देखिएको यस्तो लापरवाहीले शिक्षा क्षेत्रको विश्वसनीयता नै कमजोर बनाएको छ।

बुधबार सञ्चालन हुने परीक्षाको प्रश्नपत्र समयअगावै बाहिरिनु लज्जास्पद र अत्यन्तै चिन्ताजनक भएको भन्दै आम जनता पार्टीका नगर अध्यक्ष मेयर प्रत्यासी विजय यादव निर्विजले नगरपालिकामा रहेको अयोग्य नेतृत्व र कमजोर व्यवस्थापन जंगल राजको कारणले यसको प्रमुख कारण भएको आरोप लगाएका छन्।

उनका अनुसार यस्ता गैरजिम्मेवार गतिविधिले इमान्दार तथा मेहनती विद्यार्थीको भविष्यसँग प्रत्यक्ष खेलवाड भइरहेको छ। विजय यादवले शिक्षा क्षेत्रसँग सरोकार राख्ने निकायहरूको कमजोर निगरानी, दण्डहीनता र जिम्मेवारीको अभावका कारण यस्ता घटनाहरू पटक–पटक दोहोरिँदै आएको बताए। उनले दोषी पहिचान गरी कडा कारबाही गर्न, परीक्षा प्रणालीलाई थप पारदर्शी र सुरक्षित बनाउन तथा कडाइका साथ नियमन लागू गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

स्त्य तथ्य छानंविन गरेर दोषीलाई कार्बाही गर्ने प्रतिक्रिया व्यक्त गरे। शिक्षा नै समाजको मेरुदण्ड भएको उल्लेख गर्दै मेयर प्रत्यासी यादवले फतुवा विजयपुरको शिक्षा क्षेत्रलाई अनुशासित, गुणस्तरीय र विश्वासयोग्य बनाउने आफ्नो प्रतिबद्धता पनि व्यक्त गरेका छन्।  नगर प्रमुख गोपाल राय यादव भ्रष्टचारी मुदामा दोषी ठहर भई उप प्रमुख अम्ब्या खातुन पद सम्मालेखा छिन,तर यस विषयमा फतूवा विजयपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन थापा संग प्रतिक्रिया लिदा यस विषयमा सत्यतथय छानवीन भईरहेको दोषीलाई कार्बाही गर्ने प्रतिक्रिया दिए।

कमेन्टहरु