सुनौली नाकामा प्लान्ट क्वारेन्टाईनको लार्पवार्ही, कर्मचारी र व्यावसायीको मिलेमत्तोमा विदाको दिन गाडी पास गरेको आरोप


रुपन्देही जिल्लाको बेलहिया भन्सार
कार्यालयले व्यवसायी सँगको सेटिङ्गमा करिव आधा दर्जन भारतिय गाडीलाई क्वारेन्टाईनको छुटपुर्जी (क्लिनचिट) बिनै प्रज्ञापनपत्र जारी गरेर जाँच पास गरेको भेटिएको छ ।
गत मंशिर २७ गते सनिवार सुनौली नाकाबाट फलफुल र तरकारी बोकेका गाडीहरु भित्रिए । आधा दर्जनबढी भारतिय मालबाहक ट्रकलाई प्लान्ट क्वारेन्टाईनका कर्मचारीहरुको मिलेमत्तोमा नेपाल सनिवार प्रवेश गरेका हुन् । केही समय अघिदेखि सनिवार रोकिएको प्लान्ट क्वारेन्टाईन बेलहिया नाकामा भने निर्वाद देखियो प्लान्ट क्वारेन्टाईन प्रमुख शहसराम चौधरी र अधिकृत उमाशंकर पाठकको व्यापारीसंगको मिलेमत्तो मा ति गाडीहरु प्रवेश गरेको एक कर्मचारीले गोप्य सुचना दिए । नियम विपरित अधिल्लो दिनको प्रज्ञापनपत्र जारी गरि जाँचपास गरेको देखाएर आर्थिक प्रलोभनमा सनिवार गाडीहरु पास गरेको बताईएको छ । भन्सार
भंसारमा एकद्वार प्रणालीमा आधारित प्लान्ट क्वारेन्टाईनको छुट पुर्जि सनिवार जारी गर्न मिल्दैन । बिना प्रज्ञापनपत्र जारी गर्न नपाउने व्यवस्था छ । प्लान्ट क्वारेन्टाईनले यसरी नेपाल आउने फलफूलमा बिषादी भएको, रोगकिरा लागे नलागेको बिषयमा बायोसेप्टी परिक्षण गर्छ । परिक्षण पश्चात क्वारेन्टाईनले दिएको क्लिन चिटको आधारमा मात्रै भन्सारले प्रज्ञापनपत्र जारी गर्नुपर्ने व्यवस्था छ । क्वारेन्टाइन चेक भएपछि मात्र फलफूल, तरकारी, खाद्यान्न जस्ता कृषि उपज नेपाल भित्राउनुपर्ने कानूनी प्राबधान छ ।
रुपन्देही जिल्लाको बेलहिया स्थित प्लान्ट क्वारेन्टाइन कार्यालयले व्यवसायी सँगको सेटिङ्गमा अाधा दर्जन बढी भारतिय गाडीलाई क्वारेन्टाईनको छुटपुर्जी (क्लिनचिट) बिनै प्रज्ञापनपत्र जारी गरेर जाँच पास गरेको भेटिएको छ ।
गत मंशिर २७ गते सनिवार सुनौली नाकाबाट फलफुल र तरकारी बोकेका गाडीहरु भित्रिए । आधा दर्जनबढी भारतिय मालबाहक ट्रकलाई प्लान्ट क्वारेन्टाईनका कर्मचारीहरुको मिलेमत्तोमा नेपाल सनिवार प्रवेश गरेका हुन् । प्लान्ट क्वारेन्टाईन प्रमुख शहसराम चौधरी र अधिकृत उमाशंकर पाठकको व्यापारीसंगको मिलेमत्तो मा ति गाडीहरु प्रवेश गरेको एक कर्मचारीले गोप्य सुचना दिए । नियम विपरित अघिल्लो दिनको प्रज्ञापनपत्र जारी गरि जाँचपास गरेको देखाएर आर्थिक प्रलोभनमा सनिवार गाडीहरु पास गरेको बताईएको छ
भन्सार
भंसारमा एकद्वार प्रणालीमा आधारित प्लान्ट क्वारेन्टाईनको छुट पुर्जि सनिवार जारी गर्न मिल्दैन । बिना प्रज्ञापनपत्र जारी गर्न नपाउने व्यवस्था छ । प्लान्ट क्वारेन्टाईनले यसरी नेपाल आउने फलफूलमा बिषादी भएको, रोगकिरा लागे नलागेको बिषयमा बायोसेप्टी परिक्षण गर्छ । परिक्षण पश्चात क्वारेन्टाईनले दिएको क्लिन चिटको आधारमा मात्रै भन्सारले प्रज्ञापनपत्र जारी गर्नुपर्ने व्यवस्था छ । क्वारेन्टाइन चेक भएपछि मात्र फलफूल, तरकारी, खाद्यान्न जस्ता कृषि उपज नेपाल भित्राउनुपर्ने कानूनी प्राबधान छ । यता यस विषयमा प्लान्ट क्वारेन्टाईन बेलहियाका प्रमुख शहसराम चौधरीले त्यसदिन गाडीहरु भन्सार याडमा रोकिएको विदाको दिन प्रज्ञापन अर्थात छुटपुर्जी नदिएको बताए ।






















