सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छः पूर्व प्रधानमन्त्री नेपाल

रासस
२०८२ मंसिर २९ | मध्यान्ह ०२:०८ बजे

सिन्धुली, मंसिर २९। नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले सरकारले निर्वाचनका लागि राजनीतिक दलहरूसँग घनिष्ट संवाद गर्नुपर्ने बताउनुभएको छ । आज बिहान सिन्धुलीमाढीमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले आफूहरू निर्वाचनको पक्षमा भए पनि सरकार र राजनीतिक दलबीच गहन वार्ता हुन नसकेको बताउनुभयो ।
नेता नेपालले भन्नुभयो, “सरकारले निर्वाचनको वातावरण बनाएको छ भन्न पनि नमिल्ने र निर्वाचनको वातावरण बिथोलेको छ भन्न पनि नमिल्ने अवस्था रहेको छ ।” आफूहरू चुनावको तयारीमा जुटिरहेको र यद्यपी सरकार र राजनीतिक दलहरूबीचको संवाद पर्याप्त नभएको उहाँको टिप्पणी थियो ।


















