देश

आजदेखि देशभर मास्क अभियान सुरु, आज जापानबाट चार लाख डोज खोप आइपुग्ने

जगत ठाडा मगर
२०७८ साउन २३ | बिहान ०९:०४ बजे

काठमाडौं । सरकारले आजदेखि देशभर मास्क अभियान सुरु भएको छ । कोरोनाभाइरसको संक्रमण बढ्न थालेको भन्दै सरकारले आजदेखि २९ गतेसम्म मास्क अभियान शुरु गरेको हो ।

कोरोना संक्रमणको रोकथामका लागि मास्कको महत्त्व बुझाउन र आम नागरिकमा मास्कको सही प्रयोगबारे जनचेतना जगाउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो । कोरोना संक्रमणबाट बच्न मास्क लगाउने व्यवहारको विकासका लागि समुदायस्तरमा सहभागितामूलक डिजिटल क्याम्पियन गरिने राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले जनाएको छ ।

साथै जापानल सरकारले कोभ्याक्स सुविधामार्फत नेपाललाई उपलब्ध गराउने १६ लाख डोज खोपमध्ये चार लाख डोज आज नेपाल आउने तयारीमा रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज चार लाख र भोलि चार लाख डोज खोप नेपाल आउने भएको हो ।

मन्त्रालयका अनुसार १६ लाखमध्ये बाँकी रहेको ८ लाख डोज खोप पनि अर्को साता नेपाल आउने सम्भावना रहेको छ ।

कमेन्टहरु