राजनीति

सुशासन नभएकै कारण युवा मिलेर नयाँ पार्टी खोल्नुपर्ने अवस्था आयो

देवराजा यादव
२०८२ मंसिर २८ | मध्यान्ह ०७:०८ बजे

सुनसरी। देशको विकास नभएकै र सुशासन नभएकै कारण युवा मिलेर नयाँ पार्टी खोल्नुपर्ने अवस्था आएको राष्ट्रिय परिवर्तन पार्टीका अध्यक्ष राजेश पोर्तेलले बताउनुभएको छ । शनिबार दमकको आदिवासी रङ्गशालामा राष्ट्रिय परिवर्तन पार्टीको औपचारिक घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष पोर्तेलले सो कुरा बताउनु भएको छ। देशमा भ्रष्टलाई कारवाही नभएकै कारण आज देश विकाराल अवस्थामा पुगेको र जेनजीहरुको उदय भएको बताउनुभयो । 

जेनजी आन्दोलनका क्रममा दाहिने खुट्टा गुमाउनुभएका पोर्तेलले असली जेनजीहरु ओझेलमा परेको र नक्कली जेनजीहरु हावी भएको आरोप लगाउनुभयो । राष्ट्रिय परिवर्तन पार्टीका अध्यक्ष राजेश पोर्तेलले देशमा सुशासन नभएकै कारण आज विकास सुशासन र सदाचार तथा स्वरोजगार सृजना गर्न युवा मिलेर नयाँ पार्टी खोल्नुपर्ने अवस्था आएको बताउनुभएको छ । आफू सक्कली घाइते तथा जेनजी नै भएको बताउँदै अध्यक्ष पोर्तेलले जेनजी आन्दोलनलाई दमन गर्नेहरुलाई कानुनी दायराम ल्याउन वर्तमान सरकारलाई अनुरोध गर्नुभयो । सो अवसरमा जेनजी शहीद श्रेयम चौलागाईका बुबा गणेशप्रसाद चौलागाईले वर्तमान सरकार जेनजीको भावना अनुसार अगाडि बढ्नुपर्ने बताउनुभयो। जेनजी युवा अजयले जेनजीलाई कमजोर नठान्न चेतावनी दिनुभयो।

जेनजी आन्दोलनका घाइते, सहिद परिवार र युवा पुस्ता मिलेर निर्माण भएको ‘राष्ट्रिय परिवर्तन पार्टी’को औपचारिक घोषण सभामा विभिन्न क्षेत्रका व्यक्तिको सहभागिता थियो । जेनजी युनाइटेड समूहका जेनजीहरु ‘राष्ट्रिय परिवर्तन पार्टी’मा समाहित भएको र पार्टीको औपचारिक घोषणा गर्न सभा गरिएको हो । भ्रष्टाचारविरुद्ध तत्काल ठोस कदम शुरु गर्नुपर्ने, प्रत्यक्ष कार्यकारीको दिशामा स्पष्ट रोडम्याप तयार गर्नुपर्ने, सहिदहरूको रगतको सम्मान हुनुपर्ने तथा घाइतेहरूको उपचार, पुनर्स्थापना र भविष्यको ग्यारेन्टी सुनिश्चित गर्नुपर्ने उनीहरुको प्रमुख माग तथा एजेण्डा रहेको छ।

अवसरमा जेनजी शहीद श्रेयम चौलागाईको बुबा गणेश प्रसाद चौलागाईले वर्तमान सरकारले जेनजीको भावना विपरितका गतिविधिहरुलाई बढावा दिएको आरोप लगाए । उनले सुशीला कार्की नेतृत्वको सरकारले काम गर्न नसके राजीनामा दिन सुझाव दिए । त्यस्तै जेनजी युवा अजयले जेनजीलाई कमजोर नठान्न चेतावनी दिए ।ठूलो संख्यामा स्थानीय र जेनजी युवाहरुको सहभागिता रहेको भेलालाई सम्बोधन गर्दै उनले भने,‘देशको मायाले सानै उमेरमा म राजनीतिमा होमिन बाध्य भए।’देशलाई दुरदर्शी नेताको खाँचो रहेको बताउँदै उनले भ्रष्टाचारका कारण आज देश थिलोथिलो भएको बताए । तर अब राष्ट्रिय परिवर्तन पार्टीको उदयसँगै यसले राष्ट्रिय राजनीतिमा पनि प्रभाव पार्ने दाबी गरे जेनजी आन्दोलनका घाइते, शहीद परिवार र युवा पुस्ता मिलेर निर्माण भएको ‘राष्ट्रिय परिवर्तन पार्टी’को औपचारिक घोषण सभामा विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता थियो । जेनजी युनाईटेड समूहका जेनजीहरु ‘राष्ट्रिय परिवर्तन पार्टी’मा समाहित भएको र पार्टीको औपचारिक घोषणा गर्न सभा गरिएको हो ।

कमेन्टहरु