बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी, अझै नियन्त्रणमा आएन

जगत ठाडा मगर
२०७८ साउन २३ | बिहान ०९:०४ बजे

काठमाडौं । काठमाडौको बालाजु औद्योगिक क्षेत्रमा रातिदेखि भीषण आगलागी भएको छ। बालाजु प्रहरीका अनुसार गएराति २ बजेदेखि नै औद्योगिक क्षेत्रमा रहेको एक विष्कुट फ्याक्ट्रिमा आगलागी भएको हो ।
शुक्रबार राति दुई बजेदेखि नै आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीय रातिदेखि नै आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। १९ वटा पानी ट्याङ्कर ९ वटा बारुणयन्त्रले आगो निभाउने प्रयास भए पनि अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ ।
आगलागनी नियन्त्रण नभएकोले क्षतिको विवरण पनि आइसकेको छैन । आगलागीको कारण पनि नखुलेकै प्रहरीले जनाएको छ ।






















