राजनीति

एमाले महाधिवेशनको बन्दसत्र सुरु

रासस
२०८२ मंसिर २८ | मध्यान्ह ०४:०८ बजे

काठमाडौँ, मंसिर २८ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु भएको छ ।बन्दसत्रको आरम्भ गर्दै अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिहरुलाई स्वागत गर्दा महाधिवेशन निर्वाध सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले बन्दसत्रमा सचिवालयका पदाधिकारी रहेको अध्यक्षमण्डल घोषणा गर्नुभयो ।

 
 

बन्दसत्रको विधान संशोधन प्रस्ताव, निर्वाचन कार्यतालिका, आचारसंहिता, समसामयिकलगायत विषय प्रस्तुत हुनेछ ।

कमेन्टहरु