समाज

मगर लेखक संघको १६ औ वार्षिक साधारण सभा तथा महाधिवेशन सम्पन्न

नवलपुर टुडे
२०८२ मंसिर २८ | मध्यान्ह ०१:०८ बजे

काठमाडौ । नेपाल मगर लेखक संघको १६ औ वार्षिक साधारण सभा तथा महाधिवेशनले डा. बिष्णु कुमार सिंजाली मगरको अध्यक्षतामा नवलपुर टुडे अनलाइनको स्तम्भकार तथा लेखक याम बहादुर थापा मगर केन्द्रिय सदस्यमा निेर्वाचित गर्दै नेपाल मगर लेखक संघ केन्द्रिय समितिको ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

WhatsApp Image 2025 12 14 at 13.04.09 b799d1c2

डा. सिंजालीको नेतृत्वमा बनेको कार्यसमितिको वरिष्ठ उपाध्यक्ष जीवन प्रवेश रोका मगर, प्राज्ञिक उपाध्यक्षमा पुर्ण बहादुर राना मगर, महिला उपाध्यक्षमा हेमा आले मगर, मगर ढुट भाषिक उपाध्यक्षमा रुद्र श्रीस मगर, मगर खाम भाषिक उपाध्यक्षमा इर्दासी झाँक्री मगर, मगर काइके भाषिक उपाध्यक्षमा जग बहादुर बुढा मगर चयन हुनु भएको छ ।

त्यस्तै संघको महासचिवमा श्याम राना मगर, सचिवहरुमा अनिल बुढा मगर, मन बहादुर बगाले मगर र तारा राना मगर साथै कोषाध्यक्षमा मनकुमारी ठाडा मगर रहनु भएको छ ।

त्यस्तै सदस्यहरुमा याम बहादुर थापा मगर क (बागलुङ), युरिका सिंजाली मगर, प्रेम प्रकाश घर्तीमगर, टंक झाक्री मगर, गिता थापा मगर, राकेश बुढा मगर, दिलिप बुढा मगर, उमेश थापा मगर, लक्षिण कुमार पुन मगर, भवानी आले मगर, टंक आले मगर, याम बहादुर थापा मगर ख (काठमाडौं), मैत्या घर्ती मगर, गोविन्द पुन मगर, धिरेन्द्र थापा मगर, स्ट्रगल राना मगर, सुमित्रा बुढा मगर र गगन बहादुर थापा मगर चयन हुनु भएको छ ।

 

कमेन्टहरु