मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

समानुपातिक तर्फ काङ्ग्रेस बाजुराबाट केन्द्रिय सदस्य तिमिल्सिना सहित ५ जना सिफारिस

उमेश रोकाया
२०८२ मंसिर २७ | मध्यान्ह ०२:०८ बजे

बाजुरा, मंसिर २७ । बाजुरामा नेपाली काङ्ग्रेस समानुपातिक तर्फ नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य विद्या तिमिल्सिना सहित ५ जनाको नाम सिफारिस गरेको छ । महा नेपाली, विद्या तिमिल्सेना, सुनिता गुरुङ, राधिका सिंह र निर्माला रावलको नाम समानुपातिक उम्मेदवारका लागि सिफारिस गरिएको जनाएको छ ।

कांग्रेसबाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि ६ जनाको नाम सिफारिस गरिएको छ । शुक्रवार सदरमुकाम मार्तडीमा सम्पन्न पार्टीको बैठकले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ ६ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

‎नेपाली कांग्रेस बाजुराका उपसभापति पदम बहादुर बडुवालले पार्टी जिल्ला सभापति, पूर्वमन्त्रीसहित ६ जनाको नाम प्रत्यक्ष उम्मेदवारका लागि सिफारिस गरिएको बताए । जसमा जिल्ला सभापति रामसिंह रावल, पूर्व भूमिसुधार सहायक मन्त्री जनक गिरी, पूर्व जिल्ला पार्टी सभापति कविराज पण्डित, नेपाल विद्यार्थी संघका नेता योगेन्द्र रावल, गुरुदेव केसी (सुमन) र जगत बमको नाम सिफारिस गरिएको उनले बताएका छन् ।

पार्टी उपसभापति बडुवालले प्रत्यक्षतर्फ एक जना पाउने भए पनि ६ जनाले नै आकांक्षा राखेर निवेदन दिएपछि कुनै छलफल नै नगरी सिधैं केन्द्रमा सिफारिस गरिएको जानकारी दिए । पार्टी केन्द्रीय सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने बताएपछि ६ जनाको नाम मात्रै सिफारिस गरिएको हो ।

कमेन्टहरु