विश्व

थाइल्याण्ड र कम्बोडिया युद्ध अन्त्य गर्न सहमतः ट्रम्प

एजेन्सी
२०८२ मंसिर २७ | बिहान १०:०८ बजे

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थाइल्याण्ड र कम्बोडिया शुक्रवार साँझदेखि लागू हुनेगरी युद्ध अन्त्य गर्न सहमत भएको बताएका छन् । थाइल्याण्डका प्रधानमन्त्री अनुटिन चार्नविराकुल र कम्बोडियाका प्रधानमन्त्री हुन मानेटसँग उनीहरूको लामो समयदेखि चलिरहेको युद्धको दुर्भाग्यपूर्ण पुनर्जागरणको बारेमा आफूले धेरै राम्रो कुराकानी गरेको उनले दाबी गरे ।

 
 
 

दुवै देश शान्तिको लागि तयार रहेको उनको भनाइ छ । जुलाईको अन्त्यमा सशस्त्र झडपपछि गत आईतवार दिउँसो थाइल्याण्ड–कम्बोडिया सीमा द्वन्द्व पुनः चर्किएको थियो ।थाई रक्षा मन्त्रालयका प्रवक्ता सुरसान्त कोङसिरीले कम्बोडियासँगको पछिल्लो सीमा झडपमा नौ थाई सैनिकको मृत्यु भएको बताए । १२० भन्दा बढी घाइते भएका छन् र लगभग २ लाख थाई नागरिकहरू विस्थापित भएका छन् ।

 

स्थानीय समयअनुसार शुक्रवार दिउँसोसम्म सीमा लडाईंबाट कम्बोडियाली विस्थापितहरूको संख्या ३ लाख भन्दा बढी पुगेको कम्बोडियाली गृह मन्त्रालयले एक प्रेस विज्ञप्तिमा जनाएको छ । 

कमेन्टहरु