देश

विदाई तथा स्वागत कार्यक्रम सम्पन्न

जगत ठाडा मगर
२०७८ साउन २३ | बिहान ०७:०४ बजे

कपिलवस्तु । जिल्ला कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं.२, श्री माध्यमिक विद्यालय श्रीनगर, धतुरगढमा विदाई तथा स्वागत कार्यक्रम सु-सम्पन्न भयो ।

photo 2021 08 07 07 04 16

शुद्धोधन गाउँपालिका वडा नं.२, श्री माध्यमिक विद्यालय श्रीनगर, धतुरगढले अरविन्द कुमार श्रीवास्तवलाई सेवा निवृत्त साथ फुलमाला लगाई मायाको चिनो प्रदान गरि पालैपालो सबै जनाले विदाई गरेका छन् साथै नव नियुक्त प्र.आ. को पदमा ज्योति श्रीवास्तवलाई स्वागत तथा हार्दिक बधाई व्यक्त गरेका छन् ।

photo 2021 08 07 07 04 15

अरविन्द कुमार श्रीवास्तव करिब ४५ बर्ष पछि उहाँ को शिक्षण काल सकिएको छ । उहाँ आफ्नो शिक्षण कालको सुरुआत पारिश्रम गर्नुभएको थियो । उहाँ रूखको बोट मुनी देखि नै शिक्षण गर्नुभएका छन् । उहाँले कुनै पनि किसिम सल्लाह सुझाव त्यसै विद्यालयका विद्यार्थी र अभिभावकबाट नै लिन्थ्ये । आज उहाँको मिहिनेत परिश्रमले गर्दा श्री माध्यमिक विद्यालय श्रीनगर, धतुरगढ भएको छ ।

श्रीवास्तवले जादैजादा पनि विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएका छन् ।

photo 2021 08 07 07 04 13

प्रमुख अतिथि निसार अहमद खानले भने हाम्रो गुरु अरविन्द कुमार श्रीवास्तव जस्तो ज्ञानी, मिहिनेत र परिश्रमि शिक्षक हुनुहुन्छ साथै दु:ख पोख्दै उहाँको जीवन उत्तर उत्तर प्रगतिको कामना गर्दै उहाँलाई विदाई गर्नुभयो ।

उक्त कार्यक्रमको प्रमुख अतिथि शु.गा.पा. अध्यक्ष निसार अहमद खान, विशिष्ट अतिथि अरविन्द कुमार श्रीवास्तव, शिक्षा अधिकृत धनी प्रसाद शर्मा, वि.व्य.स. अध्यक्ष मनोज कुमार यादव, अतिथि यशोधरा गा.पा. तौलिहवा का नरेन्द्र उपाध्याय, वडा नं.१ अध्यक्ष तिलकराम यादव, वडा नं.३, महिबुद्दिन मुसलमान, शिक्षक लालचन्द्र पाण्डेय, लिला खनाल, एस.एन. त्रिपाठी, शु.गा.पा.का प्र.अ. लगायत अन्य समाजसेवी तथा जनसमुदायहरूको उपस्थिति रहेको कार्यक्रम सञ्चालक नारायण प्रसाद थारुले बताएका छन् ।

कमेन्टहरु