मुख्य समाचार, राजनीति, समाचार, सुदुरपश्चिम प्रदेश
रास्वपा हिमाली गाउँपालिका संयोजक सागर टमटा सहित ९ वटै पालिका छनोट


बाजुरा , मंसिर २६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाजुराले पार्टीको गतिविधी बढाउनका लागि हिमाली गाउँपालिका संयोजक सागर टमटा सहित जिल्लाका ९ वटै पालिकाको संयोजक तोकेको छ । शुक्रबार पार्टी कार्यालय स्थापना तथा बैठकका निर्णय सार्वजनिक गर्दै पार्टी जिल्ला संयोजक नवराज जैशीले पालिका र ६९ वटै वडामा संगठन विस्तार गर्ने गरी पालिकाको संयोजकको जिम्मेवारी तोकेको पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् ।
उनले पत्रकार सम्मेलनमा पालिका संयोजक ९ वटै पालिकामा तोकिएको र एक जना जिल्ला सह सचिव समेत हेरफेर गरिएको बताए । रास्वपाले बडीमालिकामा रोशन श्रेष्ठ, त्रिवेणीमा कृष्ण विष्ट, बुढीगंगा नगरपालिकामा सञ्जय थापा, गौमुलमा गोपाल बोहरा र खप्तड छेडेदहमा कृष्ण रावतलाई पालिका संयोजक तोकिएको बताए ।
यस्तै बुढीनन्दा नगरपालिकामा गौरीलाल विष्ट, स्वामीकार्तिक खापरमा दान बहादुर शाही, हिमालीमा सागर टमटा र जगन्नाथ गाउँपालिकामा छत्र विष्टलाई पालिका संयोजक तोकिएको पत्रकार सम्मेलनमा पार्टी संयोजकले जानकारी गराएका हुन् । यस्तै पार्टीले ९ वटै पालिकामा पुस मसान्त भित्र पालिकाको कमिटीलाई पुर्णता दिने र माघ मसान्त ६९ वटै वडामा वडा कमिटी गठन गरिसक्ने पनि सम्मेलनमा बताइएको छ ।
पत्रकार सम्मेलनमा पार्टी संयोजक जैशीले हाल पार्टीमा दुई हजार दुई सय सदस्य बनेका छन् । तीन सयको पार्टी सदस्यताको आवेदन पेश भएको भएपनि प्रक्रियामा रोकिएकाले छिट्टै अनुमोदन हुने संयोजक जोशीको भनाई रहेको छ । पार्टीमा सदस्य बन्न आउने क्रम जारी रहेकोले माघभित्र पाँच हजार सदस्य बनाउने गरी पार्टीले कार्य थालेको पनि पत्रकार सम्मेलनमा जैशीले जानकारी गराए । आगामी फागुन २१ गते हुने प्रतिनिधी सभाको निर्वाचनका लागि प्रत्यक्ष तर्फ राजबहादुर गिरी र समानुपातिकतर्फ नवराज जैशी र चेतना कुमारी विष्टलाई सिफारिस गरेको छ ।






















