सुनचाँदीको मूल्यमा निरन्तर वृद्धि

रासस
२०८२ मंसिर २६ | मध्यान्ह १२:०८ बजे

काठमाडौँ, मंसिर २६ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ । सुन तोलामा रु तीन हजार ५०० र त्यति नै परिमाणको चाँदीको मोल रु १००ले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५६ हजार ६०० कायम भएको छ भने एक तोला चाँदीको मोल रु तीन हजार ९०५ निर्धारण भएको छ ।


















