देश

नगर प्रमुख शाहद्वारा निलकण्ठ स्विट्स फूड पे जनसनको उद्घाटन

जगत ठाडा मगर
२०७८ साउन २२ | मध्यान्ह ०८:०४ बजे

कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ शिव मंदिर नजिकै कृष्णनगरमा निलकण्ठ स्विट्स फूड पे जनसनको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहद्वारा उद्घाटन गरिएको छ ।

आज देखि संचालनमा आएको उक्त पसलमा मिठाईका विभिन्न प्रकारहरूको उपलब्धताका साथै साकाहारी फास्ट फुडको व्यवस्था रही रेस्टोरेंट समेत संचालनमा आएको छ ।

उक्त ठाँउमा बर्थडे पार्टी, किट्टी पार्टी, इंगेजमेंट पार्टी लगायतका लागि समेत व्यवस्था रहेको छ ।
निलकण्ठ स्विट्स फूड पे जनसनमा उपलब्ध समान घर सम्म समेत पुर्याउने व्यवस्थाका लागी मोबाइल नं ९८४७१३३००१ मा सम्पर्क गर्न समेत उक्त पसलका संचालक सुनिल कुमार मोदनवाल (सोनु) ले जानकारी दिएका छन् ।

साथै कृष्णनगर र भारत बढ्नी क्षेत्रमा राम्रो सेवा सुविधा युक्त पसल संचालन भएको उद्घाटनमा उपस्थित व्यक्ति हरूले बताउदै उक्त पसलले व्यापारीक सफलता पाओस भन्ने भाव समेत व्यक्त गरेका छन्।

photo 2021 08 06 20 54 15

कमेन्टहरु