राजनीति

नवलपरासी क्षेत्र नं. २ मा केन्द्रीय सदस्य कण्डेल सर्वसम्मत एकल उम्मेदवारी सिफारिस

नवलपुर टुडे
२०८२ मंसिर २५ | मध्यान्ह ०५:०८ बजे

नवलपरासी । नेपाली काङ्ग्रेस नवलपरासी क्षेत्र नं २ ले पार्टीका केन्द्रीय सदस्य एवम पुर्व गृह राज्यमन्त्री देवेन्द्रराज कण्डेललाई प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सर्वसम्मत एकल उम्मेदवारी सिफारिस गरेको छ ।

क्षेत्रीय समितिको बिहिवार (आज) बसेको बैठकले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कण्डेललाई सर्वसम्मत एकल सिफारिस गरेको कण्डेलका निजी सचिवालयले जानकारी दिएको छ । कण्डेल संविधान सभा सदस्य र प्रतिनिधिसभा सदस्यका लागि नयाँ उम्मेदवारी भने होइन । कण्डेलले यस क्षेत्रबाट पटक पटक निर्वाचित र अब्बल उम्मेदवारी हुन ।

त्यसैगरी यसक्षेत्रबाट प्रतिनिधिसभा सदस्य समानुपातिक तर्फ जिल्ला उपसभापति विक्रम प्रसाद यादव (पुरुष तर्फ) र महासमिति सदस्य सुनिता कुमारी सुवेदी श्रेष्ठ (महिला तर्फ) सिफारिस भएका छन । त्यस्तै राष्ट्रिय सभा सदस्यका लागि जिल्ला सभापति अर्जुन कुमार पोखरेल (पुरुष तर्फ) र महिला नेतृ चन्द चौधरी (महिला तर्फ) सिफारिस भएका छन ।

WhatsApp Image 2025 12 11 at 16.14.23 cb1c150e

कमेन्टहरु