‘बलिउडमा मबाट अवसरहरू खोसिए’


मुम्बई । बलिउड र हलिउड दुवैमा आफ्नो पहिचान बनाउन सफल अभिनेत्री प्रियंका चोपडाले हालै अबू धाबीमा आयोजित ‘ब्रिज समिट’ मा भारतमा आफ्नो करियरको सुरुवाती चरणका चुनौतीहरूका बारेमा खुलेर कुरा गरेकी छन्। उनले करियरको सुरुवाती चरणमा आफूसँग कुनै अवसरलाई ‘नाइँ’ भन्ने सुविधा नभएको र उल्टो अवसरहरू आफूबाट खोसिएको बताएकी हुन्।
उनले थपिन्, ‘त्यसैले, हार्ने डरले गर्दा मैले आफ्नो सहज अवस्था छोडेर केही नयाँ गर्ने प्रयास गर्नुपर्यो। मैले अवसरहरू सिर्जना गर्नुपर्यो। मेरो परिवर्तन कहिल्यै छनौटको आधारमा थिएनन्, ती धेरै हदसम्म बाँच्नका लागि थिए।’
प्रियंकाका आगामी प्रोजेक्टहरूमा एसएस राजामौलीको फिल्म वाराणसी र अमेरिकी जासुसी एक्सन ड्रामा सिटाडेलको दोस्रो सिजन रहेका छन्। ‘वाराणसी’ फिल्म हाल निर्माणको क्रममा छ र यसमा महेश बाबू र पृथ्वीराज सुकुमारन पनि मुख्य भूमिकामा छन्। यो फिल्ममार्फत प्रियंका लामो समयपछि भारतीय पर्दामा फर्किँदै छिन्। यो फिल्म सन् २०२७ को मकर संक्रान्तिको अवसरमा प्रदर्शन हुनेछ।






















