समाज

जेन्जी अनिल बानिया मुगुमा उदाहरणीय काम गर्दै

तपेन्द्र एडी
२०८२ मंसिर २५ | मध्यान्ह १२:०८ बजे

मुगु । मुगु जिल्लाका केन्द्रीय जेन्जी संयोजक अनिल बानियाले मुगु जिल्लामा अहिले पछिल्लो अवस्थामा धेरै उदाहरणीय काम गर्नुभएको छ ।मुगु जिल्लाको सदरमुकाममा गमगढी बजारमा छाया नाथ रारा नगरपालिका भित्र पर्ने मालपोत कार्यालय र नापी कार्यालय र इलाका प्रशासन कार्यालय अबको केही समयमा मुगु जिल्लाको खत्याड गाउँपालिकामा सञ्चालन हुने छन् ।

त्यसैगरी मुगु जिल्लामा आवश्य विद्यालयहरूको काम अगाडि बढाइसक्नुभएको छ। समाजसेवा अनिल बानियाले अझै थुप्रै काम गरिसक्नुभएको छ।

मुगु जिल्लाको सदरमुकाम गमगडी बजारमा खत्याड गाउँपालिकाबाट मानिसहरू आउनको लागि जिल्ला सदरमुकाममा हरेक काम गर्नको लागि दुई दिनको यात्रा हिँड्नुपर्थ्यो। त्यो काम पनि मुगु जिल्लाका केन्द्रीय जिन्जी संयोजक अनिल बानियाले जिल्लामा पर्ने जुनसुकै काम अब खत्याड गाउँपालिका उपलब्ध हुने गर्नुभएको छ ।

मालपोत नापी कार्यालय र इलाका प्रशासन कार्यालय अब खतरा गाउँपालिकामा सञ्चालन हुन्छ। भनेर केन्द्रीय जिन्जी संयोजक अनिल बानियाले जानकारी दिनुभएको छ ।

कमेन्टहरु